काठमाडौंमा भेटियो अवैध गुट्खा बनाउने कारखाना, दुई भारतीय पक्राउ
काठमाडौं– राजधानी काठमाडौंको तारकेश्वर नगरपालिका–१० लोलाङस्थित बोहोराटारमा अन्य कम्पनीको ब्राण्ड चोरेर नक्कली सुर्तिजन्य पदार्थ बनाउने कारखाना फेला परेको छ । बिहिबार महानगरीय प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरेर त्यस्तो अबैध सुर्तिजन्य पदार्थ बनाउने कारखाना र उक्त कार्यमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।
बिहिबार लोलाङ हाईटमा पत्रकार सम्मेलन गरेर काठमाडौंका एसएसपी बसन्त लामाले अबैध क्रियाकलपाबिरुद्ध प्रहरी सक्रियता अभैm बढ्ने बताए । उनले भने, ‘यस्ता अवैध धन्दाविरुद्ध हाम्रो निगरानी अझै बढ्छ, अर्काको ब्राण्ड चोरेर राजस्व छली गर्ने छुट कसैलाई छैन् ।’
प्रहरीले दुई करोड २० लाख मूल्य बराबरको अवैध सुर्तिजन्य पदार्थ र ५० लाख मुल्य पर्ने अवैध गुट्खा निर्माण गर्ने मेशिन औजार बरामद गरेको छ । विभिन्न सुर्तिजन्य कम्पनीका ब्राण्ड प्रयोग गरी गुट्खा (पराग), तुलसी, सुपर लाईट, सुर्ती झुम्का, सुपरपावर, गोल्डेन बल्व टोवाको सुर्तिजन्य बस्तुहरुको अवैध उत्पादन र विक्री गर्दै आएका भारतीय नागरिकहरु जयानन्द प्रसाद चौरासिया र मुनिलाल चौरासियालाई प्रहरीले सार्वजनिक गरेको छ । अर्का भारतीय नागरिक बिन्दु चौरसिया फरार छन् ।
‘बाणिज्य तथा आपुर्ति विभागको टोली र प्रहरीले संयुक्त अनुगमन गर्दा यस्तो अवैध सुर्तिजन्य पदार्थ फेला परेको छ’ एसएसपी लामाले भने, ‘१७५ बोरा अवैध सुर्तिजन्य पदार्थ र मेशिन औजारसहित आवश्यक कारवाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाउँछौं ।’
महानगरीय प्रहरी प्रभाग नागढुंगाले बुधवार विशेष सुचनाको आधारमा पोखराबाट काठमाडौं आउँदै गरेको बा. १० च ४७२२ नम्बरको गाडिमा फेला पारेको १३ बोरा अवैध पराग फेला पारेको थियो ।
सोही अबैध परागबारे अनुसन्धान गर्दै जाँदा ‘शुभकामना सुर्ति उद्योग’ को नाममा दुई बर्षदेखी भारतीय नागरिकहरुले अवैध गुट्खा कारखानानै शुरु गरेको खुल्न आएको बताइएको छ । प्रहरीले अबैध रुपमा सञ्चालित ‘शुभकामना सुर्ति उद्योग’ बाट उत्पादित सुर्तिजन्य पदार्थहरु कालिमाटीस्थित सुनिलजंग कार्कीको घर भाडामा लिई भण्डारण गरेको अवस्थामा प्रहरीले सुपरपावर लेखिएको ३१ बोरा खाली प्याकेट बरामद गरेको छ । त्यस्तै कार्कीको घरमा भण्डारण गरेको अवस्थामा ‘भोला’ लेखिएको २ बोरा सुर्तिजन्य पदार्थ कालिमाटी प्रहरीले बरामद गरेको छ ।
काठमाडौं प्रहरी प्रमुख लामाका अनुसार उक्त कम्पनीको काठमाडौं–१६ चमतिस्थित गोदाममा छापा मार्दा इन्डियन तुलसी २८ बोरा, प्याकिङ सुर्ति २५ बोरा, गोल्डेन बलक सुर्ती १२ बोरा, केशर गुडखा १८ बोरा, र्यापर खोल २५ बोरा, डट्पिन ४ कार्टुन, रिफिल १ कार्टुन र सुर्तिको प्याकेट ८ बोरा फेला परेको छ ।
प्रहरीले सितापाईलास्थित गोदामबाट गुट्खा ११ बोरा,र्यापर ४ बोरा र २ थान प्याकिङ मेशिन बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा