बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडा एजुकेशन  वोर्क सप हुँदै

बिहीबार, ०७ भदौ २०७५, १९ : ०५
बिहीबार, ०७ भदौ २०७५

काठमाडौं । नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईइसी)को आयोजनामा क्यानडा जान चाहने नेपाली विद्यार्थीहरुको लागि एक दिने एजुकेशन फेयर हुने भएको छ ।  

एनआइईसीले आफ्नो केन्द्रिय कार्यालय पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्सको चौथो तलामा भदौ ८ मा एक दिने एजुकेशन फेयर गर्न लागेको हो । 

एनआईइसीका प्रबन्ध निर्देशक सपना राजभण्डारीले क्यानडा जान चाहने विद्यार्थीहरुलाई त्यहाँको शिक्षा अवस्था र समग्र वस्तुस्थितको बारेमा जानकारी गराउनको लागि कार्यक्रम आयोजना गरिएको बताइन् । 

विगत १८ वर्षदेखि वैदेशिक उच्च शिक्षाका लागि परामर्श सेवा प्रदान गर्दै आएको एनआइइसीको यस शैक्षिक मेलामा क्यानडा जान चाहने विद्यार्थीहरुको लागि परामर्श दिन लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप