जापानमा होटल ब्यवसाय गर्दै आएका नेपाली मृत भेटिए

गुल्मी– जापानमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापानमै जग्गा किनेर घर बनाउने पहिलो गुल्मेली ५५ वर्षीय भीमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७, साविकको रुपाकोट–९ दम्कुवा घर भएका खरेल सोमबार विहान जापानको एक खोलामा मृत भेटिएको त्यहाँ रहेका नेपालीले जानकारी दिए ।
जापानको टोकियास्थित मिनामीसेन्जु भन्ने शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल आइतबार साँझ जापानको स्थानीय समयअनुसार साढे ८ वजेतिर घर नजिकैको फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्टतर्फ जाँदै जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए । मृतककी श्रीमती हरिकलासँग फोनबाट जानकारी गराएअनुसार त्यस साँझ साढे ९ वजेतिर उनको फोन बन्द भईसकेको थियो ।
राती अवेरसम्म नभेटिएपछि विहान प्रहरीलाई खबर गरेपछि त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहस्यम रहेको त्यहाँको सम्पर्कमा रहेका दाजु शेषकान्त घरेलले बताए । उनले भने–‘भाइको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनीसँग नभएपछि एक जना ग्राहकको पर्चीबाट शवको पहिचान भएको बताइएको छ । जापानको प्रहरीले सीसीटीभी फुटेजको माध्यमबाट उनको रहस्यमय मृत्युको अनुसन्धान गरी रहेको जानकारी परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’
मुम्वईको कोठीदेखि जापानको निजी महलसम्मको यात्रा
२२ वर्ष अघिदेखि जापानमा बस्दै आएका खरेलको त्यसअघिको मजदुरीको कथा पनि सामान्य परिवारका नेपाली शहरकै थियो । करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दा गर्दै होटललाई लाइनको काम सिकेर जापान पुगेका थिए । त्यहाँ पुगेर विभिन्न मजदुरी गर्दा गर्दै खरेलपछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले । त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै रेष्टुरेण्टको संख्या चार वटा पुराए । अन्ततः जापानमा जमिन किनेर घर बनाउने पहिलो नेपाली बने ।
उनका दाजु शेषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । जापानमा आलिशान महल, महङ्गा महङ्गा गाडी शानदार चार वटा रेष्टुरेण्ट, भएका खरेलले चितवनको भरतपुरमा दुई वटा आलिशान महल र थुप्रै जग्गा समेत किनेका छन् ।
यता, गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् । यी सवै जोरिएको सम्पत्ती जोड्दा २२ वर्षे जापानी यात्रामा उनले एक अर्व भन्दा बढि कमाएको पाईएको उनका दाजु शेषकान्तले बताए । स्वर्गीय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’
-
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर