शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दोश्रो अष्ट्रेलियन एजुकेशन फेयर हुने

बुधबार, ०६ भदौ २०७५, १८ : १५
बुधबार, ०६ भदौ २०७५

काठमाडौं । अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलाइन्स (एका)ले अगष्ट २४ र २५ (भाद्र ८ र ९)मा दोस्रो अष्ट्रेलियन शैक्षिक मेलाको आयोजना गर्ने भएको छ ।

विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरुका लागि अष्ट्रेलिया एउटा आकर्षक र उपयुक्त शैक्षिक गन्तव्यका रुपमा स्थापित भइरहेका बेले एकाले शैक्षिक मेला गर्ने जनाएको हो । 

प्लस टु सकेर अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जाने क्रम बढिरहँदा विद्यार्थिसँगै अविभावकहरुको जिम्मेवारी समेत उत्तिकै हुने भएकाले “विद्यार्थीसँगै अभिभावक’ भन्ने नाराका साथ मेलाको आयोजना गरिने एकाले जनाएको छ ।

होटल अन्नपूर्णमा आयोजना हुने शैक्षिक मेलामा अष्ट्रेलियाका सात वटा कलेज तथा २२ वटा शैक्षिक परामर्शदाताहरूको प्रत्यक्ष सहभागिता रहने छ । 

दुई दिनसम्म चल्ने शैक्षिक मेलामा अष्ट्रेलियाको शैक्षिक अवस्था, विद्यार्थी तथा अभिभावकको जिम्मेवारी, पढाइ खर्च र पढ्ने विषय, कलेज तथा विश्वविद्यालयका बारेमा विशेष जानकारी उपलब्ध गराईने एकाले जनाएको छ ।

मेलामा २२ वटा शैक्षिक परामर्शदाताहरुको सहभागिता सहित ३० स्टल रहनेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप