हरेक वर्ष नेपाली महिलाले लगाउँछन् जापानदेखि अमेरिकासम्मको ३६ करोडको चुरापोते
काठमाडौँ । एक वर्षमा नेपाली महिलाहरुले ३५ करोड ९७ लाख १७ हजार रुपैयाँको विदेशी चुरापोते र टीका लगाएका छन् । आर्थिक वर्ष २०७४/०७५ मा ३१ लाख ३७ हजार ३ सय ५३ किलोग्राम चुरापोते तथा टीका भित्रिएको भन्सार विभागले जनाएको छ ।
सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट आयात भएको छ । नेपालको ब्यापार घाटा पनि सबै भन्दा बढी भारतसँग नै छ । चुरापोते जस्ता श्रृङ्गारका सामान विशेषगरी चाडबाडमा बढी प्रयोग हुने गरेको छ ।
नजिकिदै गरेको तीजमा पनि चुरा आयात बढी हुने देखिएको छ ।
चीनबाट ५ करोड ६ लाख १२ हजार रुपैयाँको चुरापोते आयात भएको हो । चेक रिपब्लिका, जापान लगायतका देशबाट पनि यस्ता सामान आयात भएको छ । यो वर्ष ११ वटा मुलुकबाट चुरापोते आयात भएको छ ।
स्रोत : भन्सार विभाग
नेपालीको परनिर्भरता गुन्द्रकदेखि लसुन र धनिया लगायत हरेक वस्तुमा छ । देश अहिले झण्डै एक बर्षको बजेट बराबरको व्यापार घाटामा छ । २०७४/०७५ सम्म आइपुग्दा ११ खर्ब ६४ अर्ब भन्दा बढी रुपैयाँ कहाली लाग्दो व्यापार घाटाको तथ्यांक भन्सार विभागसँग छ ।
१२ खर्ब ४३ अर्ब रुपैयाँको वस्तु तथा सामान आयात गर्दा ८१ अर्ब १९ करोड रुपैयाँको मात्र वस्तु निर्यात गर्न सकेको नेपालको चुनौती व्यापार घाटा कम गर्नु रहेको छ । विज्ञहरु देशको व्यापारघाटा कम गर्न सरकार अहिलेदेखि उत्पादकत्व बृद्धि गर्नुपर्नेतर्फ जोड दिनुपर्ने बताउँछन् ।
अहिले देशको सम्पूर्ण व्यापार घाटामा ६५.२ प्रतिशत ब्यापार घाटा भारतसँग छ भने चीन सँग १२.९ प्रतिशत व्यापार घाटा छ । फ्रान्स, जर्मनी, भियतनाम, टर्की युयसए लगायत मुख्य देशहरुसँग नेपालको व्यापार घाटा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ