चिकित्सकलाई भगवानको दर्जा होइन, विधिको शासन देउ
देशमा अहिले मुलुकी ऐनमा चिकित्सकहरुले दिएका सेवा र सजाय सम्बन्धी व्यवस्थाले तरड्ग ल्याएको छ । यसका पक्ष विपक्षमा समाज विभाजित भएका छन् । चिकित्सा विज्ञान सम्बन्धि, चिकित्सकबारे, डाक्टरी पेशा, बिरामी र चिकित्सको सम्बन्ध, उपचार कै क्रममा प्रयोग भएका शब्दहरु जस्तै भव्यतव्य, लापरवाही, जटिलता र देशको स्वास्थ्य सेवा प्रणाली सम्बन्धि राम्रा लेख, रचनाहरुले सञ्चार माध्यम र सामाजिक संजालमा प्रमुख स्थान पाएका छन् । प्रमुख स्थान पाएर मात्र भएन यसलाई अध्ययन र मनन गरी ज्ञान हासिल गर्नु पर्यो । कृष्ण भगवानले गीतामा भनेका छन्, ज्ञान भन्दा ठूलो केही छैन । ज्ञानको कमी नै समस्याको जड हो । त्यसैले अध्ययन र ज्ञान बिना बोल्नु सबैको लागि धोका हुनेछ ।
चिकित्सकले आफूलाई भगवान भनेकै छैन, भनेको छ त आफूलाई पुजारी, बिरामी भगवान र अस्पताल मन्दिर । “भगवान” बिरामीले चिकित्सकलाई दिएको पदवी हो । अर्को कुरा भगवान छलफलको विषय पनि होइन, यो एउटा अनुभूति मात्र हो, बिरामीले उपचारको क्रममा महसुश गरेर विश्वासले दिएको अलंङकार हो यो पदवी । बिरामी र चिकित्सक बीचको सम्बन्धबारे विज्ञानले पनि ठूला कितावहरुमा लेखेका छन् । हाम्रा गन्थ्रहरुले पुजारी र भगवानको रुपमा स्थापित गरेको छ । यो नाता नेपालको भिडतन्त्रकारी, अस्तीरतावादी, स्वधोषित बुद्धजिवि र अज्ञानताका जमातहरुले मुलुकी ऐनको दफामा बिना छलफल चोरबाटोबाट राखेर नाता तोड्न सक्दैनन । नत सामाजिक सञ्चालमा चिकित्सक प्रति नकारात्मक टिप्पणीबाट नै यो परिभाषित हुन्छ । यो सम्बन्ध तोड्न कोशिस गर्नु आमा बाबुको नाता छोराछोरीसँग र दाजुभाइको नाता दिदीबहिनीस“ग तोड्नु जस्तै हो ।
चिकित्सकहरुले नबुझेका पनि छैनन्, नेता, डाक्टर, इन्जिनियर, शिक्षक, व्यापारी, समाजसेवी, चोर फटाहा सबै मिलेर नै समाज बनेको हुन्छ । समाजमा केही जाली फटाहाहरु छन् भन्दैमा समाजलाई खराब भन्न मिल्दैन । त्यसैगरी आ–आफ्नाे जिल्लाको नाजुक स्वास्थ्य स्थिति र यस्तो अवस्थामा चिकित्सकहरुले पु-याइरहेको सेवाको बारेमा सासंदहरुलाई पनि थाहा नभएको होइन । नबुझ्नेलाई बुझाउन सकिन्छ तर बुझेर बुझ पचाउनेलाई बुझाउन सकिँदैनन । अहिले त्यही स्थिति संसदमा देखा परेको छ ।
२१ औं शताब्दीमा चिकित्सकद्वारा प्रमाणमा आधारित उपचारको प्रयोग गरिराखेका छन् । जब हामी विज्ञानमा आधारित तथ्यको कुरा गर्छौं, त्यहा“ सफलता र असफलताको कुरा पनि उठछन् र यी कुराहरु प्रतिशतमा उल्लेख गरिन्छ । यदि विज्ञानको प्रतिशतलाई विश्वास नगर्ने हो भने आध्यात्मिक शास्त्र, जडिबुडी र धामी झा“क्रीमा विश्वास गर्नुप¥यो, जहा“ प्रतिशतको कुरा आउ“दैन । विज्ञानले भनेका जटिलतालार्ई नेपालका भिडतन्त्रवादीहरुले लापरवाही भन्नुको कारण उनीहरुमा ज्ञान र अध्ययनको कमी नै हो ।
नेपालको स्वास्थ्य सेवा प्रणाली, जनताको आर्थिक अवस्था, स्वास्थ्य सम्बन्धी जनचेतनाको पूर्ण ज्ञान हाम्रा चिकित्सकहरुलाई छ । जुन देशमा दिसा गरे पछि हात धुनुस्, दिशापिसाव चर्पीमा गर्नुस्, झाडावान्ता लाग्दा नुनपानी खुवाउनुस भनेर आम सञ्चार माध्यबाट प्रचार प्रसार गर्दछौं र दिशामुक्त क्षेत्र भनेर बोर्ड राख्छौं । त्यहा“को स्वास्थ्य सम्बन्धी जनचेतना कस्तो छ भन्ने सजिलैसँग अनुमान गर्न सकिन्छ । त्यसैगरी डोकोबाट बिरामी बोकेर ल्याइएका दृश्य, शहरमा नै बिना सुविधा सम्पन्न एम्बुलेन्स चलाई राखेका, सरकारी अस्पतालका दुर्दशा र सीमित श्रोत साधनाबाट स्वास्थ्य संस्थाहरु सञ्चालन भइरहेका कुराबाट कोही पनि अनभिज्ञ छैनन् । स्वास्थ्य बीमा छैन, एक पैसा खल्तीमा नभएका बिरामीलाई कसरी उपचार गर्ने, अनकन्टार गाउ“ पखेराबाट घाउ चोटमा किरा परेर दूर्गन्धित अवस्थामा आइपुगेका बिरामीहरुलाई उपचार कसरी गर्ने, हाम्रा चिकित्सकहरुले जानेका छन् । यस्ता अवस्थामा चिकित्सकहरुले अाफ्नाे विवेक प्रयोग गरी उपचार गरिराखेकोमा केही गिरोह देशको स्वास्थ्य सेवा प्रणालीलाई असफल बनाई बिरामी जतिलाई विदेश पठाउनेतिर लागेका छन् । विदेशका विभिन्न अस्पताल र क्लिनिकहरुमा हाम्रा बिरामीहरु लुटिन्छन् र नाड्डेझार बनाएर फिर्ता पठाइन्छ र अन्तिम अवस्थामा नेपाली चिकित्सकले नै तिनलाई सेवा दिइरहेका कुराको जानकारी नभएको पनि होइन ।
यस्तो अवस्थामा सरकारले आप्mनो स्वास्थ्य प्रणाली राम्रो छ भनेर जनतालाई विश्वास दिलाउनुको साटो आफ्ै प्लेन चढेर विदेशमा उपचार गर्न हिँड्छन् । सरकारले हाम्रा चिकित्सकहरु सक्षम छन् र स्वास्थ्य संस्थाहरु विश्वासिलो छन् र सबै रोगको उपचार देश भित्र नैं हुन्छ भनेर जनतालाई विश्वास दिलाउनुको साटो चिकित्सक, स्वास्थ्य संस्था र बिरामीविरुद्ध ऐन कानून बनाएर जनतालाई उक्साइरहेको देखिन्छ । उपचारमा सुविधा सम्पन्न स्वास्थ्य संस्था, सक्षम चिकित्सक र गुणस्तरीय औषधीको भूमिका त छदै छ । यी सबै भन्दा पहिले बिरामीको स्वास्थ्य प्रणाली र चिकित्सक प्रति विश्वासहुनु जरुरी हुन्छ । यो विश्वास दिलाउने काम राज्यको हो तर मूलुकी ऐनमा नै चिकित्सकहरु अपराधी हो भनेपछि अव देशको स्वास्थ्य सेवा कता जा“दै छ ? हाम्रा गरिव निमुखा जनताहरुले यसबाट के पाउ“छन् त ?
त्यसैले केही अस्थिरतवादी तत्वहरुले मूलुकी ऐनमा झुक्याएर केही दफा राख्यो भन्दैमा आप्mनो कार्यक्षेत्रबाट कतिपनि विचलित नभई चिकित्सक र बिरामीको युगयुगको सम्बन्ध कायम नै राख्नु पर्दछ । सत्य सत्य नै हुन्छ, बहुमत फटाहहरुले गलत भनेपनि । गलत गलतै हुन्छ यसलाई बहुमतले सही भनेपनि । अझैपनि नब्बे प्रतिशत भन्दा बढी बिरामीहरु नेपाली चिकित्सकहरुलाई विश्वास गरेर उपचार गराइराखेका छन् र परिणाम पनि राम्रै देखिएको छ । यसको प्रमाण अस्पतालका तथ्याड्ढबाट पुष्टि हुन्छ । केही प्रतिशत बिरामीमा रोग र उपचारका जटिलता देखिने, केही चिकित्सकले राम्रो स“ग बुझाउन नसक्नु वा बिरामीलाई जानकारी दिएपनि बुझ्न नसक्नु, केहि चिकित्सकको कार्यक्षमतामा कमी हुनु र केही भीडतन्त्रवादीहरुको आर्थिक लाभ लिने क्रियाकलापले गर्दा सम्पूर्ण चिकित्सा क्षेत्र खराब छ भन्न मिल्दैन । अत्याधिक सकारात्मक कार्यलाई न्यून नकारात्मक परिणामले बदनाम गर्नु उचित हु“दैन, जुन अहिले देशमा भइराखेको छ र यसले गर्दा भविष्यमा भयावह स्थित आउन सक्छ ।
राजाले दिएको मुलूकी ऐन भन्दा गणतन्त्रवादीहरुले संशोधन गरेका मूलुकी ऐन पेशागत, व्यवहारिक, सुरक्षित, विकाशमुखी र देश र जनता सुहाउदो भनेको त ‘उपचारको क्रममा बिरामी म-यो भने बिना छानविन सिधै चिकित्सकलाई जेल हाल्नु भन्छ’ । हामी चिकित्सकहरुले गणतन्त्र ल्याउनमा मुख्य भूमिका खेलेका थियौँ । त्यसैले चिकित्सकहरुलाई कुनै कारबाही गरिनु हुँदैन भन्ने माग हाम्रो हुँदै होइन । माग यतिमात्र हो कि ‘लापरवाही छ कि छैन भन्नेकुरा विज्ञहरुको छानविन कमिटीको प्रतिवेनको आधारमा निक्र्यौल गरी, पुष्टि भएमा चिकित्सकहरुलाई सजाय गरियोस् ।” अहिले कानून मन्त्रालयले यसमा विचार गर्ने भन्ने सुनिएको छ यदि त्यसो हो भने यी तलका दुई बु“दाहरुलाई समावेश गर्नु उचित हुनेछ ।
यदी उचार सुरुगर्नु भन्दा पहिले बिरामी वा उनका नातेदारहरुले मन्जुरी पत्रमा दस्तखत गरेको छ भने मुद्दा नलाग्ने व्यवस्था गराउनु पर्छ । त्यसका लागि नेपाल सरकारले विभिन्न पक्षस“ग छलफल गरी मन्जुरी पत्र बनाउने र देशभर एउटै मञ्जुरी पत्र प्रयोगमा ल्याउने । यसबाट चिकित्सकले के–कस्ता उपचार गर्दैछन्, बिरामीहरुलाई पूर्ण जानकारी हुन्छ र बिरामीले आपूmमाथि कस्तो उपचार र जटिलता आउन सक्छ भन्ने थाहा पाउनेछन् । दुबै पक्षले एक अर्कोको कुरा सुनेपछि उपचार लिन दिन वा नलिन नदिन सक्छन् ।
अर्को कुरा बिरामीको परिवार र नातेदारहरुलाई पनि जिम्मेवार बनाउन जरुरी हुन्छ । यदि नातेदारहरुले बिरामी अस्पताल ल्याउनमा ढिलो भई जटिलता भएमा बिरामीको नातेदारलाई पनि कार्वाहीको घेराभित्र राखिनुपर्छ ।
चिकित्सकहरु अपराधी होइनन् । भिडतन्त्रवादीहरुसँग हात जोडेर भिख पनि माग्दैनन्, माग्दछन् त बिधिको शासन ।