बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सुख्खा बन्दरगाह निर्माणकार्य बन्द गर्न चोभारवासीको माग

बुधबार, ३० साउन २०७५, १७ : ०६
बुधबार, ३० साउन २०७५

काठमाडौं– चोभार संरक्षण समितिले चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण कार्य तत्काल बन्द गर्न माग गरेको छ । 

समितिले हालै एक विज्ञप्ति जारी गर्दै चोभारमा सुख्खा बन्दरगाह निर्माणको तयारीको विरोध गर्दै धार्मिक, सास्कृतिक र ऐतिहासिक क्षेत्र मानिएको चाभारलाई तहस नहस बनाउन लागिएको जनाएको छ । 

समितिले राष्ट्रिय महत्वका यस्ता योजना ल्याउदा स्थानीय जनताको समेत सहयोग र समर्थनमा ल्याउनु पर्ने जनाएको छ । 

समितिका संयोजक पञ्चलाल महर्जनले साविकको हिमाल सिमेन्ट कारखानाबाट प्रताडित चोभारबासीले बल्ल सास फेर्न लागेकोमा पुन सरकारले सुख्खा बन्दरगाह निर्माण गर्न लागेकोमा स्थानीयले आपत्ति जनाएको बताए ।

उनले सरकारले आफ्ना मागहरु सुनुवाई नभए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप