सुख्खा बन्दरगाह निर्माणकार्य बन्द गर्न चोभारवासीको माग
बुधबार, ३० साउन २०७५, १७ : ०६
काठमाडौं– चोभार संरक्षण समितिले चोभार क्षेत्रमा सुख्खा बन्दरगाह निर्माण कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
समितिले हालै एक विज्ञप्ति जारी गर्दै चोभारमा सुख्खा बन्दरगाह निर्माणको तयारीको विरोध गर्दै धार्मिक, सास्कृतिक र ऐतिहासिक क्षेत्र मानिएको चाभारलाई तहस नहस बनाउन लागिएको जनाएको छ ।
समितिले राष्ट्रिय महत्वका यस्ता योजना ल्याउदा स्थानीय जनताको समेत सहयोग र समर्थनमा ल्याउनु पर्ने जनाएको छ ।
समितिका संयोजक पञ्चलाल महर्जनले साविकको हिमाल सिमेन्ट कारखानाबाट प्रताडित चोभारबासीले बल्ल सास फेर्न लागेकोमा पुन सरकारले सुख्खा बन्दरगाह निर्माण गर्न लागेकोमा स्थानीयले आपत्ति जनाएको बताए ।
उनले सरकारले आफ्ना मागहरु सुनुवाई नभए जस्तोसुकै आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण