शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वाञ्चलमा क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

सोमबार, २८ साउन २०७५, १६ : ०४
सोमबार, २८ साउन २०७५

काठमाडौं –क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले आगामी भदौ १ गतेदेखि पूर्वाञ्चलमा क्याम्ब्रिज अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्ने भएको छ । 

कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने सोच बनाइरहेका विद्यार्थीलाई उनीहरुको घर आँगनमै शैक्षिक परामर्श दिने उद्देश्यका साथ क्याम्ब्रिजले एजुकेशन फेयर आयोजना गर्न लागेकाे हो । जसअनुसार  क्याम्ब्रिजले भदौ १ गते झापाको विर्तामोड, २ गते दमक र ३ गते इटहरीमा  फेयर आयोजना गर्नेछ । 


 फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढि उत्कृष्ट विद्यवविद्यालय र कलेजहरुको सहभागिता रहने बताउँदै क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले भने, ‘एजुकेशन फेयरमा अष्ट्रेलियाका १५ भन्दा बढि कलेज र विद्याविद्यालयका प्रतिनिधिबाट करियर काउन्सेलिङ संगै अष्ट्रेलियन शिक्षा प्रणाली, कलेजको शुल्क, स्कलरसिप, भाषिक योग्यता, भिसा प्रक्रिया लगायतका विषयमा प्रत्यक्ष जानकारी गराइनेछ ।’


‘‘कतिपय फेयरले विद्यार्थीलाई विदेश जानुपर्छ भनेर प्रेरित गरिरहेको अवस्थामा हामीले फरक रुपमा विद्यार्थीको भविष्य निर्माणलाई लक्षित गरेर फेयर गर्ने गरेका छौं ’  सिंखडाले थपे, ‘सम्बन्धित कलेज र विश्वविद्यालयका आधिकारिक प्रतिनिधिले विद्यार्थीको शैक्षिक, आर्थिक, भाषिक तथा ब्यक्तिगत योग्यता हेरेर परामर्श दिने भएकोले क्याम्ब्रिजको एजुकेशन फेयरबाट विद्यार्थीले धेरै कुुरा बुझ्न पाउने छन् ।’

सन् २०११ बाट  राजधानीको बागबजारमा रहेको क्याम्ब्रिजले पछिल्लो समय अष्ट्रेलिया जाने विद्यार्थीका लागि परामर्श दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप