शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चार दिनदेखि सुनको भाउ स्थिर

बुधबार, ३१ जेठ २०७४, १२ : २६
बुधबार, ३१ जेठ २०७४

काठमाडौं–नेपाली बजारमा यो साता सुरु भएपछि सुनको भाउमा कुनै परिवर्तन भएको छैन । विगत चार दिनदेखि बजारमा सुनको भाउ एउटै मुल्यमा कारोवार भइरहेको छ । 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय वजार भाउका आधारमा नेपाली बजारमा सुनको भाउ निर्धारण हुन्छ । सोही अनुसार यो साता सुरु भएपछि वजारमा सुनको भाउ स्थिर छ । आज पनि वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ८ सय रुपैयाँ छ । 


यो साता सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउमा भने तलमाथि भइरहेको महासंघले जनाएको छ । तर, मंगलबार र बुधबार भने चाँदीको भाउमा पनि कुनै परिवर्तन छैन । चाँदी प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोवार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप