सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय

अन्तिम श्रद्धाञ्जलिका लागि दाहालको शव सुधाको डिहीमा राखिने

शनिबार, २६ साउन २०७५, ०९ : ५६
शनिबार, २६ साउन २०७५

काठमाडौं - साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् । 

क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाउनुृ भएकामा ती संस्थाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । 

मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो । 

प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिनुभएको बताए । दाहाल प्रजातान्त्रिक विचारधाराका भए पनि विद्रोही र प्रगतिशील स्वभावका थिए । 

नागार्जुन साहित्यिक प्रतिष्ठानका संस्थापक अध्यक्ष वैरागी जेठाले दाहालले प्रतिष्ठानको सल्लाहकार तथा अध्यक्ष भई अभिभावकीय भूमिका निर्वाह गर्नुभएको र दाहालकै अग्रसरतामा लोकतान्त्रिक आन्दोलनका समयमा अनामनगरको दाहालको दैलोलाई गणतन्त्र काव्यटार घोषणा गरिएको स्मरण गरे । 

दिवंगत दाहालको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि आज बिहान मण्डिखाटारस्थित उनको निवास (सुधाको डिही)मा राखिने छ । भतिजाहरु विदेशबाट आएपछि उनको पार्थिव शरीर अस्पताललाई दान गर्ने वा अन्त्येष्टि गर्ने भन्नेबारे निर्णय हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप