‘माई इन्भेष्टमेन्ट ग्रुप’का सञ्चालक गजमेर पुर्पक्षका लागि जेल चलान
काठमाडौं– पब्लिक कम्पनी खोलेर ठगी गरेको आरोपमा पक्राउ परेका ‘माई इन्भेष्टमेन्ट ग्रुप’का अध्यक्ष अनिल गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले गजमेरलाई सुन्धारास्थित केन्द्रिय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
काठमाडौंको बालुवाटारस्थित कालिका टावरमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’ नामक कम्पनी सञ्चालन गरेका गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।
करोडौं ठगेको उजुरी परेपछि काठमाडौं प्रहरीले असार २६ गते उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गजमेरबिरुद्ध २५ लाख ५२ हजारको बैंकिङ कसुर मुद्धामा अर्को जाहेरी समेत परेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट