शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘माई इन्भेष्टमेन्ट ग्रुप’का सञ्चालक गजमेर पुर्पक्षका लागि जेल चलान

शुक्रबार, २५ साउन २०७५, १७ : ०६
शुक्रबार, २५ साउन २०७५

काठमाडौं– पब्लिक कम्पनी खोलेर ठगी गरेको आरोपमा पक्राउ परेका ‘माई इन्भेष्टमेन्ट ग्रुप’का अध्यक्ष अनिल गजमेरलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत काठमाडौंले गजमेरलाई सुन्धारास्थित केन्द्रिय कारागारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौंको बालुवाटारस्थित कालिका टावरमा ‘माई इन्भेष्टमेन्ट ग्रुप’ नामक कम्पनी सञ्चालन गरेका गजमेरविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले ५ करोड ८७ लाख बिगो दाबीसहित मुद्धा दर्ता गरेको थियो । अदालतको आदेशअनुसार गजमेरलाई थुनामा पठाइएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले जानकारी दिएका छन् ।

करोडौं ठगेको उजुरी परेपछि काठमाडौं प्रहरीले असार २६ गते उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । गजमेरबिरुद्ध २५ लाख ५२ हजारको बैंकिङ कसुर मुद्धामा अर्को जाहेरी समेत परेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप