ओपोद्वारा एथ्रीएस सार्वजनिक, डुअल रियर क्यामेरासहितको पहिलो स्मार्टफोन
काठमाडौं । सेल्फी एक्स्पर्ट ओपोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक गरेको छ । दक्षिण एसियाली बजारमा एथ्रीएस १३+२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई इनेबल्ड फ्रण्ट क्यामेरा तथा सुपर फुल स्क्रिन सुसज्जित ओपोको पहिलो उपकरण हो ।
२ जीबी र्याम र १६ जीबी सञ्चय क्षमता, क्वालकम स्न्यापड्रागन ४५० ओक्टा कोर प्रोशेसर र ४२३० एमएएच ब्याट्री जडित नवप्रबर्तनात्मक फिचर्स सुसज्जित एथ्रीएसको मुल्य रु. १९ हजार ४ सय ९० निर्धारण गरिएको छ ।
सार्वजनिक नयाँ फोन एथ्रीएसका बारेमा बोल्दै ओपोका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘डुअल क्यामेरा सेटअप, सुपर फुल स्क्रिन, शक्तिशाली ब्याट्री क्षमता लगायत अत्याधुनिक फिचर्स सहितको फोन सुलभ मुल्यमा उपलब्ध होस् भन्ने यूवाहरुमा चाहना अनुसार हामीले ओपो एथ्रीएस उपलब्ध गराएका हौँ ।
हरेक पलहरु विना कुनै रुकावट तस्विरका रुपमा कैद गर्न सकियोस् भन्ने सोचका साथ यसमा हामीले शक्तिशाली ब्याट्री उपलब्ध गराएका छौँ ।’
एआई स्मार्ट ब्यूटी
ओपोले उपलब्ध गराउने एआई ब्यूटी प्रविधि साधारण सफ्टवेयर प्रोग्रामका रुपमा मात्र नभइ ब्यवसायिक फोटोग्राफरले झैँ काम गर्ने क्षमता राख्छ । यो प्रविधिले प्रिमियम सप्लायर्स मार्फत उपलब्ध क्लाउड डाटाबेसमा उपलब्ध बृहत्त फेसियल रिकग्निसन मार्फत उत्कृष्ट तस्विर कैद गर्न सघाउँछ ।
शक्तिशाली ब्याट्री र स्टाइलिश डिजाइन
एथ्रीएसले उपभोक्तालाई सुपर फुल स्क्रिन फोन सुलभ मूल्यमा प्रयोग गर्ने अवसर उपलब्ध गराएको छ । फोनमा रहेको ६.२ ईञ्च सुपर फुल नोच स्क्रिन र ८८.८% हाई रेसियो स्क्रिनले प्रयोगकर्तालाई उत्कृष्ट तथा अभुतपूर्व दृष्यानुभुती उपलब्ध गराउँछ ।
फोनमा स्क्रिन रेसियो मिलाउनका लागि कम्पनीले बोर्डर १६%ले पातलो बनाउँदै २.०५एमएम पातलो बनाएको छ । सुपर फुल स्क्रिनले अतिरिक्त स्पेसलाई ब्याट्री स्ट्याटिस्टिक, मिति तथा अन्य नोटिफिकेसन्सका लागि उपयोग गर्छ ।
साथै, तस्विर, भिडियो, गेम खेल्ने लगायत कार्यका लागि फराकिलो दृष्यानुभुति प्रदान गर्छ । फोनको निरन्तर प्रयोग गर्नुपर्दा ब्याट्रीका कारण समस्या उत्पन्न नहोस् भन्ने सोचका साथ नयाँ फोनमा कम्पनीले ४ हजार २ सय ३० एमएएच ब्याट्रीपनि उपलब्ध गराएको छ ।
फोनमा कम्पनीले निकै आकर्षक युनिक ग्लोसी डिजाइनको प्रयोग गरेको छ । यो डिजाइन हेर्दा आकर्षक हुनुका साथै हत्केलामा समाउँदा समेत सहज तथा आरामदायी अनुभव हुन्छ । कम्पनीले नयाँ फोन रातो र डार्क पर्पल गरी दुई भिन्न रंगमा उपलबध गराएको छ ।
म्यूजिक
ओपोले नयाँ स्मार्टफोन एथ्रीएस मार्फत म्यूजिक पार्टी पनि उपलब्ध गराएको छ । यस फंसनको माध्यमबाट हटस्पट मार्फत आ–आफ्नो स्मार्टफोनमा एउटै ट्रयाकको मज्जा लिन मिल्छ । यो फोन स्पिकरको प्रयोग गर्न नसकिने स्थानमा म्यूजिक पार्टी संगीतको मज्जा लिन एउटा सटिक माध्यमका रुपमा स्थापित हुन सक्छ । तर, यसको प्रयोगका लागि कलर ओएस ५.१ वा माथिल्ला ओएस भर्जन हुनु आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यती, ओम्नी र गिरिबन्धु प्रकरण छानबिन गर्न संसदीय समिति गठन हुनुपर्छ : वर्षमान पुन
-
प्रभु साहले भने, ‘ओली सरकारकै मिलेमतोमा भ्रष्टाचार बढ्यो’
-
वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख : लिङ्देन
-
सरकारले भुक्तानी नदिँदा अहिलेसम्म २ सय बढी कामहरू समस्याग्रस्त
-
नेपाल प्रहरी र सशस्त्र प्रहरी ऐनको विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत
-
‘हामीमा आदर्शको खोक्रो बुझाइ छ’