काँडाघारी अपहरण प्रकरण : मेस्सी र आर्यनका फ्यान थिए निशान (फोटो)
काठमाडौँ । आइतबार काठमाडौँको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय निशान खड्काको हत्या भएको छ ।
सोमबार प्रहरी एक विज्ञप्ति जारी गरी उनको हत्या भएको पुष्टि गरेको हो ।
सिन्धुपाल्चोकको ज्यामिरे ९ स्थायी घर भएका गणेशबहादुर खड्का र चमेली खड्काका नाबलक छोरा निशानलाई आइतबार साँझ ४ बजेर ३० मिनेट जाँदा अपहरणकारीहरुले अपहरण गरेका थिए ।
प्रहरीका अनुसार त्यसको ४ घण्टापछि बालककी आमालाई अपहरणकारीहरुले फोन गरेर ४० लाख फिरौती मागेका थिए ।
त्यसलगत्तै अपरहणकारीको खोजीमा लागेको प्रहरीले सोमबार ठिमी नगरपालिका–९ स्थित स्थानीय श्याम लवटको निर्माणधीन घरमा अपरहरित बालक निशानको शव फेला पारेको थियो ।
निशानका बुबा गणेश बैदेशिक रोजागारीको क्रममा विदेशमा रहेको जनाइएको छ । अपहरणमा संलग्न भएको आरोपमा आइतबार प्रहरीले दुई अपहरणकारीमाथि इन्काउन्टर गरिसकेको छ ।
यस्ता थिए निशान
काँडाघारीको हाइल्यान्ड इङ्लिस सेकेन्डरी स्कूलमा अध्ययनरत निशान पढाइमा सामान्य भएपनि अतिरिक्त क्रियाकलापमा अब्बल थिए । उनको साइकिलिङ, ब्याडमिन्टन र फुटबलमा अत्याधिक रुचि भएको शिक्षक दिपक अधिकारीले बताए । निशान अर्जेन्टिनाका फुटबल खेलाडी लियोनल मेस्सीका फ्यान समेत थिए भने उनलाई नेपाली चलचित्रका नायक आर्यन सिग्देल निकै मनपर्ने शिक्षक अधिकारीले बताए ।


मृतक निशानकी आमा चमेली सामान्य होटल सञ्चालन गर्थिन् । आर्थिक हैसियत निम्न रहेको निशानको परिवारलाई किन निशाना बनाइयो भन्ने अझै खुल्न सकेको छैन ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण