शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

बालक अपहरणकारी तामाङद्वयको प्रहरी इन्काउन्टरमा मृत्यु (भिडियोसहित)

सोमबार, २१ साउन २०७५, १५ : ११
सोमबार, २१ साउन २०७५

भक्तपुर –  आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । दुई   अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।

इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

उनीहरु भक्तपुरको सूर्य नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका थिए ।  

बालक निशानको भने  मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।

हत्यापछि भागेर जंगलमा पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि  जवाफी फायरिङ भएको थियो ।  

प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो । 

अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए । 

 

अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए । 

घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप