बालक अपहरणकारी तामाङद्वयको प्रहरी इन्काउन्टरमा मृत्यु (भिडियोसहित)

भक्तपुर – आइतबार साँझ अपहरणमा परेका निशान खड्काको हत्या भएको छ । दुई अपहरणकारीको पनि प्रहरी इन्काउन्टरमा मृत्यु भएको हो ।
इन्काउन्टरमा मारिनेमा सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।
उनीहरु भक्तपुरको सूर्य नगरपालिका वडा नम्बर आठको सूर्यबिनायक सामूदायिक जंगलामा इन्काउन्टरमा परेका थिए ।
बालक निशानको भने मध्यपूर ठीमी नगरपालिका नगदेश भन्ने ठाउँमा हत्या भएको थियो ।
हत्यापछि भागेर जंगलमा पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि जवाफी फायरिङ भएको थियो ।
प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।
अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी ४० लाख फिरौती माग गरेका थिए ।
अपहरणकारी खोज्दै गएको महाशाखाको टोलीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षमताभन्दा बढी व्यक्ति ओहरदोहर गर्न थालेपछि झोलुङ्गे पुल जोखिममा
-
प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित
-
नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने