बालक अपहरण प्रकरण : २ करोडबाट बार्गेनिङ सुरु, अन्तिममा ४० लाख फिरौती मागे अपहरणकारीले
काठमाडौं–आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेका छन् ।
आइतबार राती अपहरणकारीले निशानको परिवारलाई सम्पर्क गर्दै सुरुमा २ करोड रुपैयाँ फिरौती माग गरेको परिवारिक श्रोतले बताएको छ । तर आफूहरुसँग २ करोड रुपैयाँ केही गरे पनि नहुने बताएपछि अपहरणकारीले अन्तिममा ४० लाख रुपैयाँमा बार्गेनिङ गरेका हुन् ।
मनहरी खोला नजिकैको काँडाघारीमा डेरा गरी बस्दै आएकी सिन्धुपाल्चोककी चमेली खड्काका छोरा हुन् निशान खड्का । निशानका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन् ।
निशानलाई सकुशल उद्धार गर्न महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाइरहेको छ ।
यतिबेला भक्तपुरका सबै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अहिले घटनास्थल तथा आसपासको क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरितको खोजी जारी राखिएको छ ।
निशानको परिवार सामान्य निम्न मध्यम वर्गका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण