बालक अपहरण प्रकरण : २ करोडबाट बार्गेनिङ सुरु, अन्तिममा ४० लाख फिरौती मागे अपहरणकारीले

काठमाडौं–आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्कालाई छाड्न अपहरणकारीले ४० लाख फिरौती मागेका छन् ।
आइतबार राती अपहरणकारीले निशानको परिवारलाई सम्पर्क गर्दै सुरुमा २ करोड रुपैयाँ फिरौती माग गरेको परिवारिक श्रोतले बताएको छ । तर आफूहरुसँग २ करोड रुपैयाँ केही गरे पनि नहुने बताएपछि अपहरणकारीले अन्तिममा ४० लाख रुपैयाँमा बार्गेनिङ गरेका हुन् ।
मनहरी खोला नजिकैको काँडाघारीमा डेरा गरी बस्दै आएकी सिन्धुपाल्चोककी चमेली खड्काका छोरा हुन् निशान खड्का । निशानका बुवा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमै छन् ।
निशानलाई सकुशल उद्धार गर्न महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले ‘सर्च एण्ड रेस्क्यु अपरेशन’ चलाइरहेको छ ।
यतिबेला भक्तपुरका सबै नाकाहरुमा चेकजाँच कडा पारिएको छ । अहिले घटनास्थल तथा आसपासको क्षेत्रमा २ सयभन्दा बढी प्रहरी परिचालन गरी अपहरितको खोजी जारी राखिएको छ ।
निशानको परिवार सामान्य निम्न मध्यम वर्गका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता