गाईको गोबरबाट फेशनेबल ड्रेस तयार पार्ने महिलाले पाइन् अवार्ड
नेदरल्याण्डको एक कम्पनी गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । जलिला एसाइदीले गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी हुन् । गोबरबाट सर्ट र टप तयार गरिएका छन् । यो कम्पनीले गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा समेत सफलता हाँसिल गरेको छ ।
एसाइदीका अनुसार यो भविष्यको फेब्रिक हो । गोबरलाई फोहोर, दुषित र गन्हाउँछ भन्दै यसको वरिपरि नै नबस्नेहरुका लागि एसाइदीको पहिरनले निकै चकित तुल्याएको छ । उनी भन्छिन्, ‘हामीले गोबरको सेल्युलोजमा लुकेको सुन्दरता संसारलाई देखाउनुपर्छ । ’
एसाइदी अहिले १५ किसानसँग मिलेर यो प्रोजेक्टमा काम गरिरहेकी छिन् । उनले यसवर्ष औद्योगिक स्तरमा मेन्योर रिफाइनरी युनिट सुरु गर्ने जानकारी दिएकी छिन् । यसका लागि उनले दुई लाख डलरको चिवाज भेन्चर एण्ड एचएण्डएम फाउन्डेशन ग्लोबल अवार्ड पनि पाएकी छिन् ।
प्रकृतिको संरक्षण हुनेछः
कपडाको खुद्रा विक्रेता एचएण्डएमका कम्युनिकेशन म्यानेजर मालिन बोर्नका अनुसार संसारभरी हरेक वर्ष प्राकृतिक स्रोतसाधनको आवश्यकताभन्दा बढी नै प्रयोग भइरहेका छन् । त्यसकारण चाँडै नै त्यस्तो तरिका अपनाउनुपर्छ जहाँबाट आवश्यक सामग्रीलाई पुनः प्राप्त गर्न सकियोस् । कपासको भरोसामा मात्र बस्न नसकिने धेरैले बताएका छन् । थुप्रै कपडा निर्माताले एसाइदीलाई मेस्टिकबाट कपडा बनाउने विश्वास दिलाएका छन् किनभने यो सस्तो छ । प्रोजेक्टसँग जोडिएका किसानले आफू दिनभरी गोबरको बीचमा बस्न सक्ने भएकाले यसबाट बनेको कपडा लगाउन कुनै आपत्ति नभएको बताए ।
यसरी बनाइन्छ गोबरबाट रेशाः
जलिला एसाइदीका अनुसार सेल्युलोज बनाउने प्रक्रिया केमिकल र मेकानिकल हुन्छ । ‘हामी जुन गोबर र गहुँत पाउँछौं, त्यसमा ८० प्रतिशत पानी हुन्छ । गिलो र सुकेको भागलाई अलग्गाइन्छ । गिलो भागमा गाइले खाने घाँस र मकै हुन्छ ,’ उनी भन्छिन्, ‘सामान्य कपडा उद्योगभन्दा हाम्रो प्रक्रिया निकै राम्रो छ किनभने गाईको पेटबाट फाइबर नरम बनेर आएको हुन्छ । यो ऊर्जा बचत गर्ने तरिका पनि हो । वैज्ञानिकले यो प्रक्रियाबाट पाइने सेल्युलोज उच्च प्रविधियुक्त हुने बताएका छन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी
-
नेपालकै पहिलो अटोक्रस च्याम्पियनसिप सम्पन्न
-
अप्पर अरुणमा विश्व बैंकले साढे ८ सय मिलियन डलर बराबरको लगानी गर्ने
-
ओलीप्रति माधव नेपालको टिप्पणी: यसलाई भन्छन्–व्यक्तिवाद !