बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कहिले भित्रिन्छ ‘फाइभ जी’ को हाई स्पीड इन्टरनेट सेवा ?

बुधबार, १६ साउन २०७५, ०८ : २७
बुधबार, १६ साउन २०७५

म्याथ्यू वाल /बीबीसी

अत्यन्त तीब्र गतिको पाचौं पुस्ताको ‘फाइभ जी’ मोबाइल इन्टरनेट सेवा केही देशहरुमा अर्को वर्षसम्म सार्बजनिक हुनेछ । यसले इन्टरनेटमा डाउनलोडहरु अहिले भन्दा १० देखि २० गुणा छिटो हुने मानिएको छ ।

तर यसले खासमा हाम्रो जीवनमा भने कस्तो असर पार्नेछ ? के हामीलाई ‘फाइभ जी’ सेवा चलाउनको लागि नयाँ फोन आवश्यक पर्छ ? के यसले ग्रामिण क्षेत्रमा हाल रहेको नेटवर्कमा आउने अवरोधको समस्या हटाउनेछ ?

यी सबै प्रश्नहरुहरु भन्दा पहिले ‘फाइभ जी’ सँग जोडिएका अन्य महत्वपूर्ण प्रश्नहरुको जवाफ जान्न जरुरी छ ।

के हो ‘फाइभ जी’ ?

यो अर्को पुस्ता (पाँचौ पुस्ता) को मोबाइल इन्टरनेट सम्पर्क हो, जसले अत्यन्त तीब्र गतिमा डाउनलोड र अपलोड हुने, बढी कभरेज हुने र धेरै स्थीर सम्पर्क दिने बाचा गरेको छ ।

यसले रेडियो स्पेक्ट्रममा सुधार गरेर काम गर्छ । साथै यसको सहयोगले अत्यन्त धेरै उपकरणहरुबाट एउटै समयमा मोबाईल इन्टरनेटमा पहुँच हुन सम्झव छ ।

यसबाट के के गर्न सकिन्छ ?

“अहिले हामीले स्मार्टफोनबाट जे जति गर्छौं, ती कामहरु ‘फाइभ जी’ बाट छिटो र राम्रोसँग गर्न सक्षम हुन्छौं,” मोबाइल डाटा एनालिटिक कम्पनीको ओपन सिग्नलकी इयान फगले भने ।

“ओगुमेन्टेड रियालिटी, मोबाइल भर्चुअल रियालिटीसँग जोडिएका स्मार्ट ग्लासबारे सोच्नुस्, उच्च गुणस्तरको भिडियो र सहरहरुलाई स्मार्ट बनाउने ‘इन्टरनेट अफ थिङ्ग’ को बारेमा सोच्नुस् त !”

“अझ साँच्चैको रोचक त यसमा जोडिएर विकास हुने सक्ने नयाँ प्रविधिहरु हुनेछन् ।”

खोज र बचाउ अभियान अघि बढाइरहेको, डढेलोको मुल्याङ्कन गरिरहेको र ट्राफिक निगरानी गर्न समन्वय गरिरहेको ड्रोनको झुण्डहरुको कल्पना गर्नुस् त । यी सबै फाइभ जीको सेवाबाट सम्भव हुनेछ ।

त्यस्तै धेरैले ‘फाइभ जी’ ले स्वायत्त वाहनहरु एक अर्कासँग सञ्चार गर्न र नक्सा पढ्न र ट्राफिक डाटा पढ्न निर्णायक हुने मानेका छन् ।

अझ मोबाइलमा गेम खेल्नेहरुले कन्ट्रोलरमा बटन थिच्दा र स्क्रिनमा इफेक्ट हेर्न थोरै मात्रै बिलम्ब भोग्नु पर्नेछ । इन्टरनेट भिडियो अब लगभग कुनै अवरोध बिना चल्नेछ । भिडियो कल बढी स्पष्ट हुनेछ ।

पहिरिन मिल्ने स्वास्थ उपकरणले उहि समयमा तपाईंको स्वास्थ निगरानी गर्न सक्छ । जसले डक्टरहरुलाई कुनै आपत्काल आउनासाथ सुचित गरिदिन्छ ।

यसले कसरी काम गर्छ ?

प्रयोगमा आउनसक्ने कैयन नयाँ प्रविधिहरु छन् तर सबै ‘फाइभ जी’ को लागि अहिलेसम्म कुनैलाई पनि मानक तोकिएको छैन ।

उच्च फ्रिक्वेन्सी ब्याण्ड (३.५ गिगाहर्जदेखि २६ गिगाहर्ज) वा अझ बढी धेरै क्षमता रहेका तर छोटो तरङ्ग–लम्बाइको अर्थ त्यसको ‘रेन्ज’ सानो हुनेछ । यस कारण यसलाई सजिलै भौतिक वस्तुहरुले ब्लक गर्न सक्छ । त्यसैले हामीले भावी दिनमा ‘फाइभ जी’ सेवाका लागि स– साना फोनका खम्बाहरु जमिनको नजिक देख्न सक्ने सम्भावना छ । यसले ‘मिलीमिटर वेभ’ उच्च सङ्ख्याको ट्रान्समिटर र रिसिभरमा प्रसारण गर्छन् । यसले उच्च घनत्वको प्रयोगलाई सक्षम बनाउँछ । तर यो महङ्गो पर्छ र टेलिकम कम्पनीहरु अहिलेसम्म यसमा पूर्ण प्रतिबद्ध देखिएका छैनन् ।

के यो ‘फोर जी’ भन्दा धेरै फरक हुनेछ ?

हो, यो एकदम नयाँ रेडियो प्रविधि हो, तर सुरुमै धेरै उच्च स्पीड नदेख्न सकिन्छ किनकी ‘फाइभ जी’ लाई नेटवर्क संचालकहरुले प्रारम्भमा उनीहरुको  विद्यमान ‘फोर जी’ नेटवर्कको क्षमता विकासका लागि प्रयोग गर्ने सम्भावना छ ।

यसो गरेर उनीहरु आफ्ना ग्राहकलाई बढी स्थीर सेवा सुनिश्चित गर्न खोज्नेछन् । त्यसपछि पनि इन्टरनेटको तीब्रता तपाईंको सेवा प्रदायकले ‘फाइभ जी’ को कुन स्पेक्ट्रम ब्याण्ड प्रयोग गर्छन् त्यसमा भर पर्छ । साथै, तपाईको सेवा प्रदायकहरुले नयाँ खम्बा र ट्रान्समिटरमा कति खर्च गरेका छन् त्यसमा पनि भर पर्छ ।

त्यसो भए ‘फाइभ जी’ सेवाको तीव्रता कति हुनेछ ?

वर्तमान समयमा सबैभन्दा तीब्र ‘फोर जी’ मोबाइल नेटवर्कले औसतमा ४५ एमबीपीएस सेवा प्रदान गर्छ । तथापी केही उद्योगहरुले अझै पनि १००० एमबीपीएस (१ जीबीपीएस) हाँसिल गर्ने प्रयास गरिरहेका छन् ।

चिप्स निर्माता कम्पनी क्वालकोमले ‘फाइभ जी’ ले ब्राउजिङ्ग र डाउनलोड गतिमा वास्तविक संसारको अवस्थामा १० देखि २० गुणा तीब्र हुने बताएको छ ।

एच.डी. फिल्म एक मिनेटमा डाउनलोड गर्ने कल्पना गर्नुस् त । यो विद्यमान ‘फोर जी’ नेटवर्कसँगै निर्माण भएको ‘फाइभ जी’ नेटवर्कको लागि हो ।

अर्को तर्फ अत्यन्त उच्च फ्रिक्वेन्सी (उदारणको लागि ३०,००० एमबीपीएस) मा संचालन भइरहेका ‘फाइभ जी’ भने हजार एमबीपीएसमा इन्टरनेट चलाउनु सामान्य बनाउनेछ । तर त्यो संसारमा आउन अझै समय लाग्नेछ ।

हामीलाई यो किन आवश्यक छ ?

पूरा विश्व नै मोबाइलमा क्रमशः स्थानान्तरण हुँदैछ । भिडियो र सङ्गित स्ट्रिमिङ्गको लोकिप्रियतासँगै हामी प्रत्येक वर्ष धेरै डाटा उपभोग गरिरहेका छौं । यसले विद्यमान स्पेक्ट्रम ब्याण्ड जाम हुन थालेको छ ।

विशेष गरी एकै क्षेत्रमा धेरै मानिसहरुले इन्टरनेट सेवा प्रयोग गर्दा त्यस्तो हुन्छ ।

‘फाइभ जी’ ले हजारौं उपकरण पनि धान्न सक्छ । यसमा मोबाइलदेखि उपकरण सेन्सर, भिडियो क्यामेरादेखि स्मार्ट सडक बत्ती पर्छन् ।

कहिले आउनेछ यो सेवा ?

अधिकांश मुलुकले सन् २०२० भन्दा अघि ‘फाइभ जी’ सेवा ल्याउने सम्भावना कमै छ । तर कतारको ओरेडु कम्पनीले एक व्यावसायिक सेवा ल्याइसकेको बताएको छ ।

दक्षिण कोरियाले अर्को वर्ष यसलाई सार्वजनिक गर्ने लक्ष्य लिएको छ । त्यहाँका तीन ठूला सेवा प्रदायकहरुले एकै पटक ‘फाइभ जी’ सेवा सुरु गर्ने सहमती नै गरेका छन् । चीन पनि सन् २०१९ भित्रै ‘फाइभ जी’ ल्याउने धुनमा छ ।

यही समयमा संसारभरका नियामकहरु टेलिकम कम्पनीलाई स्पेक्ट्रम बेच्नको लागि लिलामीमा व्यस्त छन् ।

के ‘फाइभ जी’ चलाउन नयाँ फोन सेट चाहिन्छ ?

हो, प्रयोगकर्ताको लागि चिन्ताको कुरा यही हो । यस अघि सन् २००९÷१० मा ‘फोर जी’ ल्याईदाँ त्यसको लागि पूर्वाधारहरु पूर्ण रुपमा आउनु अघि नै बजारमा फोरजी स्मार्टफोन आइसकेको थियो । यसले सेवाग्राही माझ आफूले खराब सेवाको लागि बढी पैसा तिरेको भन्ने निराशा भाव निम्ताएको थियो ।

इयान फगका अनुसार यो पटक फोन निर्माताहरु उही गल्ती नदोहो¥याउने कुरामा होसियार छन् । सन् २०१९ को अन्त्यतिर नेटवर्क पूर्ण रुपमा तयार भइसके पछि मात्र उनीहरु ‘फाइभ जी’ सेट ल्याउने सोचमा छन् । यी अघिल्लो पुस्ताका फोनहरु बढी स्थीर सेवाको लागि सहज रुपमा ‘फोर जी’ र ‘फाइभ जी’ बीचमा परिवर्तन गर्न सकिन्छ ।

के यसले तार फोनको अन्त्य गर्नेछ ?

एक शब्दमा भन्दा – गर्दैन । टेलिकम कम्पनीहरुले अप्टिकल फाइबर र तामाको तारको लाइनहरुमा धेरै लगानी गरेका छन् । घरेलु र कार्यालय ब्रोडब्याण्ड सेवाहरु अझ धेरै समयको लागि मुख्यतः फिक्स लाइनमै सुचारु हुनेछन् । तथापी सँगसँगै स्थिर तारबिहिन सेवाहरु उपलब्ध हुन सक्छ ।

तथापी तारबिहिन सम्पर्क जति नै राम्रो भए पनि धेरै स्थायीत्व र सुनिश्चितताको लागि भौतिक तार नै मानिसहरुको रोजाईमा परिरहनेछ ।

‘फाइभ जी’ सेवालाई हामी बाहिर हुँदाको पूरक सेवाको रुपमा लिनेछौं । त्यसका साथै यसले धेरै आशा गरिएको ‘इन्टरनेट अफ थिङ्ग’ लाई सहज बनाउनेछ ।

के यसले ग्रामिण क्षेत्रमा पनि काम गर्नेछ ?

विश्वभरी नै ग्रामिण क्षेत्रमा सिग्नलको अभाव र न्यून डाटा स्पिडको समान गुनासो सुनिन्छ । यो समस्या बेलायतजस्तो सम्पन्न मुलुकमा पनि देखिन्छ । तर ‘फाइभ जी’ ले यो मुद्दालाई सम्बोधन गर्नेछैन । मुख्यतः यसको कारणमा यो उच्च फ्रिक्वेन्सी ब्याण्डमा संचालन हुन्छ । अरु धेरै क्षमता भए पनि यसले थोरै दुरीमात्र ओगट्छ ।

‘फाइभ जी’ मुख्यत ‘उच्च घनत्व भएको सहरी क्षेत्रको सेवा’ हुनेछ ।

न्यून फ्रिक्वेन्सी ब्याण्ड (खासगरी ६००–८०० मेघाहर्ज) लामो दुरीको लागि राम्रो हुन्छ । त्यसैले ‘फाइभ जी’ आइसकेपछि पनि माथि उल्लेखित फ्रिक्वेन्सी ब्याण्डमा संचालन हुने भएकाले संचालकहरु ‘फोर जी एलटीई’ नेटवर्क सुधारमा केन्द्रित हुनेछन् ।

यो व्यावसायिक यथार्थको अर्थ सुदुर ग्रामिण क्षेत्रमा बस्ने केही मानिसहरुको लागि सरकारले सहुलियत दिएर नेटवर्क प्रदायकहरु त्यी स्थानमा जान फाइदा हुने अवस्था नबनाएसम्म त्यहाँको नेटवर्क अवरोधपूर्णनै हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप