सञ्चारकर्मी चापागाईमाथि दुव्र्यवहार
कपिलवस्तु - कपिलवस्तुमा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका प्रमुख हिमाशुं कुमार यादवले सुचना माग्न गएका सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेका छन् ।
बितरण केन्द्रले गत आर्थिक बर्षमा ट्रान्सफर्मर बितरण गर्दा र कार्यालयले बितरण गरेको कोटेशनमा अनियमितता भएको जन गुनासोका आधारमा सुचना माग गर्दा दुव्र्यवहार गरेका हुन् ।
सञ्चारकर्मी खगप्रसाद चापागाईले गत साउन २ गते कार्यालयमा ट्रान्सफर्मर बितरण गर्दा र कार्यालयले बितरण गरेको कोटेशनको संख्या र भुक्तानीको अवस्था बारेको सुचना माग्दै निवेदन दिएका थिए ।
पत्रकार चापागाईले दिएको निवेदनमा बितरण केन्द्र प्रमुखले तोक नलाउदा निवेदन दर्ता नभएकाले तोकका लागि प्रमुखको कार्यकक्षमा पुग्दा प्रमुख यादवले सुचना दिन नमिल्ने भन्दै दुव्र्यवहार गरेका थिए । आफ्नो पहुँच केन्द्रसम्म रहेको बताउँदै सुचना नदिने र सुचना मागे कुटेर ठिक पार्ने चेतावनी दिएका थिए ।
चापागाई माथि दुव्र्यवहार भए लगत्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला अध्यक्ष डिलाराम भुसालको नेतृत्वको सञ्चारकर्मीको टोली प्रमुख यादवलाई कारबाही गर्नुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका थिए । प्रमुख जिल्ला अधिकारी मदन भुजेलको रोहवरमा भएको छलफलमा प्रमुख यादवले आफुले आवेशमा आएर दुव्र्यवहार गरेको स्विकार गर्दै चापागाई सँग माफी मागेका छन् ।
यसैबीच, नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालद्धारा जारी प्रेस बिज्ञप्तिमा सुचनाको हक सम्बन्धि ऐन अनुसार मागिएको सुचना उपलब्ध गराउनुको सट्टा सञ्चारकर्मीलाई दुव्र्यवहार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी