शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहलमान सिंह स्वाँर साहित्य पुरस्कारबाट स्रष्टाहरु पुरस्कृत

शनिबार, १२ साउन २०७५, १७ : ४३
शनिबार, १२ साउन २०७५

काठमाडौँ । पहलमान सिंह स्वाँरको १३८ औँ जन्मजयन्तीका सन्दर्भमा ‘पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कार’ मनु ब्राजाकीलाई मरणोप्रान्त प्रदान गरिएको छ । 

पहलमान सिंह स्वाँर प्रतिष्ठानद्वारा यहाँ आज आयोजित कार्यक्रममा रु २५ हजारसहितको पहलमान सिंह स्वाँर दीर्घ साहित्य प्रतिभा पुरस्कारबाट ब्राजाकीकी पत्नी ज्ञानुदेवी सिंह भण्डारीलाई सम्मान गरिएको छ । 

‘पहलमान सिंह स्वाँर साहित्य प्रतिभा पुरस्कार’ बाट साहित्यकार तीर्थ श्रेष्ठ, ‘तारामान सिंह–अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार’ बाट शिक्षाविद् प्राडा प्रेमकुमार खत्री, ‘बलमान सिंह स्वाँर चलचित्र पुरस्कार’ बाट चलचित्रकर्मी चेतन कार्की र ‘पहलमान सिंह स्वाँर विशेष सम्मान’ बाट गजलकार ज्ञानुवाकर पौडेललाई प्रादन गरिएको छ । ती सम्मानको राशि नगद रु १० हजार छ । 

नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले उनीहरुलाई सम्मान गर्दै साहित्य, चलचित्र र संगीत क्षेत्रले मुलुकमा सामाजिक रुपान्तरणका लागि सशक्त भूमिका निर्वाह गर्नसक्ने विश्वास व्यक्त गरिन् । 

चलचित्र विश्लेषक एवं साहित्यकार प्रकाश सायमीले पुरस्कृत व्यक्तित्वबारे जानकारी गराउँदै स्वाँरले भारतको पुनाबाट चलचित्रमा स्नातक पूरा गरी नेपाली चलचित्र निर्माणको शुरुवातका क्रममा नयाँ ज्ञान, सीपको प्रयोग गरेर यस क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको बताए । 

प्रतिष्ठानका अध्यक्ष मोहनहिमांशु थापाले शिक्षा, साहित्य तथा चलचित्रजस्ता क्षेत्रबाट मुलुकको सामाजिक तथा आर्थिक सशक्तीकरणको विकासमा क्रियाशील रहने स्रष्टालाई पुरस्कृत गर्ने नीति रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप