तस्विर र भिडियोमा हेर्नुहोस् बेइजिङको सर्कसको दुनियाँ
काठमाडौँ । चीनको बेइजिङ सहरमा प्रसिद्ध चाओयाङ थिएटर रहेको छ । सन् १९८४ मा बनेको यो थिएटर ३ हजार वर्ग मिटरमा बनेको छ ।
करिब १४ सय दर्शक अटाउने यो थिएटर विशेष गरेर एक्रोब्याटिक शो र पेकिङ ओपरेकाको लागि चर्चित छ ।
बेइजिङको चाओयाङ जिल्लामा रहेको यो क्षेत्रमा विदेशी राजदूतावास तथा व्यावसायिक केन्द्रहरु पनि रहेका छन् । चीनमा चाओयाङको अर्थ ‘सूर्यतर्फ फर्किएको’ हो ।
बेइजिङ भ्रमणमा जाँदा धेरैले छुटाउन नहुने ठाउँमा यो थिएटरलाई पनि राखिन्छ ।
यहाँ हरेक दिन दुई वटा शोको आयोजना गरिन्छ । जहाँ चिनियाँ कलाकारहरुले अद्भूत सर्कसको कला प्रस्तुत गर्दछन् ।
पारम्परिक सिंह नाच, आगोको स्टन्ट, मोटरसाइकल र साइकलको स्टन्टदेखि विभिन्न विधाका रोचक एक्रोब्याटिक प्रस्तुतीहरु यहाँ हेर्न पाइन्छ ।
यो सर्कस हेर्दा बेलाबेला तपाईंको मुटु नै सिरिङ्ग हुनेगर्छ, विशेष गरेर कुर्सीको अग्लो चाङमाथि कलाकारको प्रस्तुती र मोटरसाइकलहरुको स्टन्ट हेर्दा ।
आधुनिक बेइजिङ सहरको बीचमा यहाँ पारम्परिक बेइजिङको झल्को पाउन सकिन्छ ।
हेरौँ केही तस्विर र भिडियोः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण