शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सामसङले बनाउँदैछ नफुट्ने लचिलो डिस्प्ले, चाँडै नै बजार भित्रिने

शुक्रबार, ११ साउन २०७५, ०९ : २४
शुक्रबार, ११ साउन २०७५

सामसङ आफ्नो सुपर एमोलेड डिस्प्लेका लागि चर्चित छ । अब सामसङले योभन्दा एक कदम अगाडि बन्ने योजना बुनिरहेको देखिएको छ ।  वास्तवमा, यसको नफुट्ने लचिलो स्क्रिन प्यानले हरियो झण्डा पाएको छ ।  

सामसङ न्यूजरुम वेबसाइटलाई मान्ने हो भने नयाँ लचिलो OLED प्यानल अन्डरराइटर्स ल्याबोरेटरिजमार्फत सर्टिफाई गरिएको हो । टेस्टिङ कम्पनी OSHA (the Occupational Safety and Health Administration of the U.S. Department of Labor) का अनुसार यी OLED प्यानललाई विद्युतीय उत्पादन जस्तै अटोमोबाइल, मोबाइल मिलिट्री डिभाइस, पोर्टेबल गेम कन्सोल र ट्याब्लेट पिसिमा पनि प्रयोग गरिनेछ ।

सामसङले आफ्नो नयाँ प्यानललाई फोर्टिफाइड प्लाष्टिक विन्डोले कोट गरेको छ जसका कारण यो फुट्दैन । सामसङले परिक्षणको क्रममा यसलाई चारदेखि ६ फिटमाथिबाट खसाल्दा पनि नफुटेको दाबी गरेको छ ।

सामसङ डिस्प्ले कम्पनीका जनरल म्यानेजर होजंग किमले भने, ‘प्लाष्टिक विन्डोको कुरा गर्नुपर्दा यो एक पोर्टेबल इलेक्ट्रोनिक डिभाइसका लागि सक्षम हुन्छ । यो फुट्दैन । यो निकै हल्का र दह्रो हुन्छ । यसले एउटा ग्लासको रुपमा काम गर्छ ।’

अन्डराइटर्स ल्याबोरेटरीजले सामसङ डिस्प्लेले यूएस डिपार्टमेन्ट अफ डिफेन्सले गरेको परिक्षण पास गरेको छ ।

यसअघि मोटोरोला कम्पनीले पनि आफ्नो स्मार्टफोनमा प्लाष्टिकको प्रयोग गरेको थियो । यद्यपी, मोटोरोलाको ShatterShield  ले स्मार्टफोनको डिस्प्लेमा हानी पुर्याएको  र ग्लास डिस्प्लेको तुलनामा बढि स्क्र्याच भएको थियो ।

सामसङको नयाँ स्क्रिनले उसको फोल्डेबल स्मार्टफोनमा निकै काम लाग्ने अनुमान गरिएको छ । सामसङ डिस्प्लेले foldable OLED display panel  बनाउनका लागि कोरियाको आसानमा  पाइलट लाइन बनाउने योजना बनाइरहेको छ । त्यसलगत्तै सामसङले यस्ता प्यानल बनाउने काम सुरु गर्ने बताइएको छ । कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म यस्ता १० हजार प्यानल बनाइने र अर्को वर्षसम्म यो आँकडा १ लाखसम्म पुर्याइने जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप