आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार–डा. केसी पक्षबीचको वार्ता सहमति नजिक, आजै अनसन तोडिने सम्भावना

बिहीबार, १० साउन २०७५, १६ : ५४
बिहीबार, १० साउन २०७५

काठमाडौं– सरकार र डाक्टर गोविन्द केसी  पक्षबीचको वार्ता सहमति नजिक पुगेको छ । 

डाक्टर गोविन्द केसी पक्षीय वार्ता टोलीका सदस्य सुरेन्द्र भण्डारीले  वार्ता अन्तिम चरणमा पुगेको र सरकारी टोलीले सहमतिका लागि राखेको प्रस्ताव सकारात्मक रहेको बताए ।

वार्तापछि  सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफूहरु सरकारी टोलीले सहमतिका लागि अघि सारेको प्रस्ताव लिएर डाक्टर गोविन्द केसीलाई भेट्न जान लागेको र उनले सो प्रस्तावमा सहमति जनाए केहि घण्टामै शुभ खबर सुन्न पाइने प्रतिक्रिया दिए । 

उनका अनुसार डाक्टर केसीले सरकारी प्रस्तावका सम्बन्धमा सहमति जनाए  प्रधानमन्त्री बालुवाटारमा गएर सहमतिलाई अन्तिम रुप दिने र त्यसपछि केसीको अनसन तोडिने बताए । 
डा केसी विगत २७ दिनदेखि अनसनरत छन् । 
 

अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सहमति जुटाउन प्रधानमन्त्री केपी शर्मा ओली नै सक्रिय बनेका थिए । उनले बुधबार साँझको वार्ता विफल भएपछि आफ्नै सक्रियतामा केसी पक्षसँग मध्यरातमा बालुवाटरमा छलफल गरेका थिए । 

उक्त वार्तामा केसीका तर्फबाट डा अभिषेक सिंह र अधिवक्ता सुरेन्द भण्डारी रहेका थिए भने सरकारकातर्फबाट सरकारी वार्ता टोलीसहित डा दिव्यासिंह साह तथा नेकपाका नेता समेत रहेका सुवासचन्द्र नेम्वाङ सहभागि थिए ।

उक्त वार्तामा केसीका मागका सम्बन्धमा गम्भीर छलफल भएको र सहमतिको वातावरण बनेको थियो । सो पछि बिहिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा सहमतिको मोटामोटी खाका तयार हुनेसम्मको अवस्था आएको हो । 

श्रोतका अनुसार मध्यरातमा प्रधानमन्त्रीकै उपस्थितिमा भएको वार्तामा विधेयक फिर्ता भने नगर्ने बरु विधेयकमा केसीका माग समेट्न सकिनेमा प्रधानमन्त्री समेत सकारात्मक भएका थिए । 

बुधबार साँझ दुवैतर्फका वार्ता टोलीबीच भएको छलफलमा सरकारी पक्षले केसीका मागप्रति वेवास्ता गरेको भन्दै सकिएको थियो । त्यसक्रममा केसी पक्षधर माग पूरा गर्ने सुनिश्चित नभएसम्म वार्तामा नवस्ने भन्दै बाहिरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप