फलाएरै छाडे रिडीका युवाले बगरमा तरकारी !
गुल्मी–गुल्मीको रिडी बजारमा यति बेला लटरम्म फलिरहेको तितेकरेलाहरु । जुन स्थान गत माघ महिनासम्म बालुवा उडेर उभिनै नसक्ने वगर थियो । त्यति वेला सम्म त्यो स्थान गुल्मीको रिडी वजारको फोहोर र अनावश्यक वस्तु मिल्काउने डम्पिङ्ग साइड थियो ।
जब गत माघे सक्रान्तिको साताव्यापी रिडी मेला सकियो । तब रिडी बजारका केहि युवाहरुले त्यहाँ प्रयोग गरिएका स्टलका बाँस र जस्तापाता दोहोरो प्रयोग कसरी गर्ने ? भन्ने बारे विचार विमर्श गरे ।
रिडी वजारमा युवा उजिर खान नयाँ नयाँ प्रयोगको तरकारी खेती गर्नमा विगत लामो सयम देखि शौखिन ब्यक्ति हुन् ।
यसअघि दुई तीन वटा तरकारी फम खोलेर अनुभव संगालेका उनले त्यस वगरमा पनि तरकारी फल्न सक्ने साथी भाइबीच चर्चा चलाए । वर्षौँअघि खोलाले नबगाउनु पुर्व त्यो वगर लहलह धान फल्ने खेत थियो ।
माथी पो वगर छ तल गहिराईमा पुग्ने हो भने त उर्वर भुमि नै छ भन्ने चर्चा ब्यापक रुपमा चलाए त्यहाँका १४ जना युवाले । त्यसका लागि जिल्लामा डोप खन्ने मेशिन भित्र्याए । त्यस मेशिनले तिते करेला रोप्ने डोव खन्न थालियो ।
माघेसक्रान्ति मेलामा प्रयोग भएका स्टलहरुका जस्तापाताहरुले कम्पाउण्ड बार बन्देज गरियो । कपाउण्ड भित्र बाँस गाडेर माथि छत समेत बाँस कै बनाईयो । मेशिनले वगरका धेरै तल रहेको तत्कालिन खेतको उर्वरभूमिसम्म डोवहरु बनायो ।
मान्छेका उर्वर खेत र वारी बाँझै भई रहेका वेला बुढापाकाहरुले उल्लाउन समेत थाले युवाहरुलाई । तर, ९ वर्ष सम्म वैदेशिक रोजकारको अनुभव संगालेका अर्का युवा प्रेम भण्डारीले मेशिन चलाएर डोव पार्न थाले करिव ४ सय बोट तिते करेलाका ।
भण्डारी भन्छन्–‘ यो हाम्रो नौलो प्रयोग थियो । तर त्यति बेला धेरैले हामीलाई खिस्याए । बगरमा पनि खेती ? भनेर उल्ल्याए । तर उनीहरुले बालुवामा उम्रिदैन भन्थे उमारेरै छाड्यौं । फुल्दैन भन्दै फुलाएरै छाड्यौं र फल्दैन भन्थे फलाएरै छाड्यौं । ’
उनले थपे–‘ त्यस्तै ४–५ क्विटल जति बेचिसक्यौं र बेच्दै पनि छौं, अर्गानिक तितेकरेला भएकाले मूल्य पनि रामै दिएका छन् । आगमी माघ महिना पछि फेरी थप वगर विस्तार गर्ने सोचमा छौ । ’
१४ जना युवाहरु मध्येका उजिर खान भन्छन् –‘ हिजो डम्पीङ्ग साइडका रुपमा रहेको खाली वगर र माघे सक्रान्ति मेलाका बाँस र जस्ता पातको प्रयोग पनि भयो । टाइम पासका लागि क्यारम्वोट र तास खेल्ने युवाहरुले काम पाउँदा धेरै राम्रो भएको छ , हामी खुशी छौं यो नौलो प्रयोग सफल भएकोमा ।’
उनले डोव खन्ने उक्त मेशिना पनि जिल्लामा पहिलो पटक भित्रिएको र त्यसले धेरै छोटो खन्ने बताए । उनले सन्तोष ब्यक्त गर्दै भने –‘ करिव सवा लाख जति हामीले खर्च गरेका छौं । पहिलो सिजनमा घाटा नै परे पनि बगरमा तरकारी फलाउन सफल भएकोमा आनन्द मिलेको छ । ’
करिव ६ रोपनी क्षेत्रफलमा लहलह तितेकरेला फलेको देखेर हिजो खिस्याउने वुढापाकहरु प्नि अचम्मित हुँदै ठिकै गरेका रहेछन् भनेर भन्न थालेका छन ।
रुरु गाउँपालिका वडा नम्वर १ मा पर्ने रिडी बजारका युवाहरुले त्यसरी बगरमा तरकारी खेती गरेर देखाएकोमा गाउँपालिकाले उनीहरुलाई थप प्रोत्साहित गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब