बीमा कम्पनीले उठाए ७३ अर्ब प्रिमियम, कसले कति उठाए ? (तथ्याङ्कसहित)
काठमाडौ–बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ७३ अर्ब १४ करोड ६२ लाख ८३ हजार रुपैयाँ प्रिमियम (शुल्क) उठाएका छन् ।
यो १८ वटा जीवन बीमा कम्पनी र २० वटा नीर्जिवन कम्पनी गरी ३८ वटा बीमा कम्पनीहरुले उठाएको रकम हो । जसअन्र्तगत जीवन बीमा कम्पनीहरुले ५१ अर्ब ७८ लाख रुपैयाँ प्रिमियम संकलन गरे भने नीर्जिवन बीमा कम्पनीहरुले २२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरे ।
जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४०.१ प्रतिशतले प्रिमियम संकलनमा बृद्धि गरेका हुन् । नयाँ तथा पुराना १८ वटा जीवन बीमा कम्पनीले ५१ अर्ब ७८ लाख ७६ हजार २ सय ७ रुपैया प्रिमियम संकलन गरेको बीमा समितिमा उनीहरुले बुझाएको तथ्यांकले देखाएको छ ।
यो फस्र्ट प्रिमियम, सिंगल प्रिमियम, वैदेशिक रोजगारी बीमाको प्रिमियम र नबिकरण वापत संकलन भएको रकम हो ।
सबैभन्दा बढी एनएलआइसीको ३२.४१ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष (२०७३/०७४) मा १२ अर्ब २१ करोड ९८ लाख रुपैयाँ प्रिमियम संकलन गरेकोमा गत वर्ष (२०७४÷०७५) मा १६ अर्ब १८ करोड १ लाख रुपैयाँ प्रिमियम संकलन गरेको हो ।
नयाँ जीवन बीमा कम्पनी पनि प्रिमियम संकलनमा आक्रामक देखिएका छन् । गत आवमा सञ्चालनमा आएका नौ वटा जीवन बीमा कम्पनीले प्रिमियम संकलनमा आक्रामक देखाएका हुन् ।
युनियन लाइफले ८४ करोड ९४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ । नयाँ बीमा कम्पनीमा प्रिमियम संकलनमा युनियन अगाडी देखिएको छ ।
जीवन बीमा कम्पनी
स्रोत : सम्बन्धित कम्पनीले बीमा समितिमा बुझाएको विवरणमा आधारित
युनाइटेड र हिमालयन जनरलको व्यवसायमा धक्का
नीर्जिवन बीमा कम्पनीले साढे १६ प्रतिशतले व्यवसायमा बृद्धि गरेका छन् । युनाइटेड इन्सुरेन्स र हिमालयन जनरल इन्सुरेन्सको व्यवसाय भने घटेको छ ।
सिजि काण्ड र कम्पनीको आफ्नै आन्तरिक किचलोको कारण युनाइटेड इन्सुरेन्सको व्यवसायमा धक्का लागेको छ ।
युनाइटेडले ४७ करोड ७४ लाख प्रिमियम संकलन गरेको छ जबकी अघिल्लो वर्ष ८८ करोड ८८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थियो ।
यो भनेको युनाइटेडको व्यवसाय २२.८५ प्रतिशतले खस्किएको हो । यस्तै हिमालयन जनरल इन्सुरेन्सको पनि व्यवसाय खुम्चिएको छ । हिमालयन जनरलले एक अर्ब १९ करोड प्रिमियम संकलन गरेको छ । अघिल्लो बर्ष १ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेको थियो । यस आधारमा हेर्दा हिमालयन जनरलको प्रिमियम संकलन ९.७२ प्रतिशतले खुम्चिएको हो ।
सबैभन्दा बढी एभरेष्ट इन्सुरेनसले १२९.९३ प्रतिशतले प्रिमियम संकलनमा बृद्धि गरेको तथ्यांक पेश गरेको छ ।
उसले ६० करोड ५४ लाख प्रिमियम संकलन गरेको हो । अघिल्लो वर्ष (२०७३÷०७४) मा २६ करोड ३ लाख रुपैयाँ प्रिमियम संकलन गरेकोले पनि प्रतिशतमा सबैभन्दा बढी एभरेष्टको प्रिमियम संकलन देखिएको हो ।
२० वटा नीर्जिवन बीमा कम्पनीले २ अर्ब १३ करोड ८४ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
नीर्जिवन बीमा कम्पनी
स्रोत : सम्बन्धित कम्पनीले बीमा समितिमा बुझाएको विवरणमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास