आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारमा कानूनमन्त्रीको  ‘भावुक’ पत्रकार सम्मेलन, २३ तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, ०८ साउन २०७५, १६ : १५
मङ्गलबार, ०८ साउन २०७५

काठमाडौं– बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने छात्राका सम्बन्धमा अमर्यादित अभिव्यक्ति दिएका कानूनमन्त्री  शेरबहादुर तामाङले मंगलबार पदबाट राजीनामा दिएको  घोषणा गरेका छन् । 

सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा भावुक रुपमा प्रस्तुत भएका तामाङले  काम गर्ने कोशिष हुँदाहुँदै पनि राजीनामा गर्न बाध्य पारिएको बताए ।

उनले पदबाट हट्न परेपनि आफू पार्टीको कामका साथै जनताको सेवामा सक्रिय रहिरहने बताए । 

यस्तै उनले आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै आफूप्रति भ्रम फैलाउन केही तत्व पछाडि लागेको आरोप समेत लगाए ।

मन्त्री तामाङले एक कार्यक्रममा  बंगलादेशमा  मेडिकल शिक्षा पढ्ने महिलाबारे दिएको अभिव्यक्ति विवादमा तानिएसँगै यसअघि आफ्नो महिलाप्रति सम्मान रहेको भन्दै  क्षमायाचनासहितको विज्ञप्ति पनि निकालेका थिए । 

तर, सोको विरोध हुने क्रम नरोकिएपनि नेकपाले उनलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । 

उनले  पत्रकार सम्मेलनमा  गरेको सम्बोधन हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप