साउने पहिलो सोमबार पशुपतिमा देखिए हिमानी शाहदेखि ओलीको बुबासम्म (फोटोफिचर)
काठमाडौं– आज पहिलो साउने सोमबार तथा हरिसयनी एकादसी पनि । हिन्दुहरुको धार्मिकस्थल पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । पशुपतिको दर्शनको लागि पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह र प्रधानमन्त्री केपी ओलीका बुबा मोहनप्रसाद ओली समेत पुगेका थिए ।
उल्लेख्य भक्तजनको भीडभाड रहेको पशुपति क्षेत्रमा बिहान ३ बजेदेखि सर्वसाधारण मन्दीरको दर्शनका लागि पुगेका थिए । यसो त दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खुल्ला गरिएको थियो ।
सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरेर दक्षिणायन शुरु भएको महिना साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । भगवान् शिवले सूर्य र चन्द्र दुवैलाई धारण गरेकाले चन्द्रशेखर पनि भनिन्छ । चन्द्रशेखर भगवान् शिवका हजार नाममध्ये एक हो ।
भगवान् शिवको प्रिय महिना साउन र बार सोमबार भएकाले यस दिन व्रत गरी पूजाआजा गर्ने एवं नदी, ताल, तलाउलगायत पवित्र तीर्थस्थलबाट जल ल्याएर चढाउने परम्परा रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले बताए । यसो गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउने सोमबारको व्रत दाम्पत्य जीवन, पारिवारिक एवं सन्तान र परिवारको कल्याण तथा सुख शान्तिका लागि पुरुष महिला दुवैले गर्नुपर्ने शास्त्रीय वचन रहेको उनले बताए ।
मानव शरीर पृथ्वी, जल, तेज, वायु र आकाश गरी पञ्चत्वले बनेको छ । यसमध्येमा पृथ्वी तत्व शरीरमा धेरै हुन्छ । यसैले पृथ्वीमा हरियाली छाएका बेला मानिसले पनि हरियो पहिरन लगाएर साउने सोमबार मनाउने गर्छन् । यसो गरेमा प्रकृतिसँगको तादात्म्यता प्राप्त हुने धार्मिक विश्वाससमेत छ ।
आज हरिसयनी एकादसी समेत परेकाले पशुपतिमा महिला तथा पुरुष भक्तजनको उल्लेख्य सहभागिता रहेको थियो ।
हिमानीकाे पशुपति दर्शन
पशुपतिमा भक्तजनकाे घुइँचाे
प्रम अाेलीकाे बुबा पीएसाेसहित मन्दिरकाे दर्शनमा पुगे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
बीसीसीआई र पीसीबीले आफ्नो अडान नछाडेपछि मतदानबाट समाधान खोज्दै आईसीसी
-
एमाले नेता राजेन्द्र गौतमलाई प्रश्न : बालेनले तोकेको जरिवाना कहिले तिर्नुहुन्छ ?
-
सिनामंगलमा मृत भेटिएका दम्पती शनिवार क्यानडाबाट फर्केका थिए, टिचिङ अस्पतालमा पोस्टमार्टम गरिँदै
-
उपत्यकाको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
-
मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबिच भगिनी सम्बन्ध