रणबीरको विवाह हेर्न बुवा ऋषि कपुरलाई हतारोः भन्छन्, ‘मर्नु अघि नाती–नातिनासँग खेल्न चाहन्छु’
आलिया भट्ट र रणबीर कपुर आजकाल बुल्गारियामा फिल्म ‘ब्रह्मास्त्र’ को दोस्रो शेड्युलको सुटिङ गरिरहेका छन् । दुबैको प्रेमको चर्चा कसैसँग लुकेको छैन । उनीहरुको परिवारिक सदस्यहरु नजिकिएका छन् । रणबीर–आलियाको सम्बन्धबारे बुवा ऋषि कपुरको प्रतिक्रिया सार्वजनिक भएको छ ।
मिड डे लाई दिएको अन्तर्वार्तामा उनले भने, ‘जे छ, त्यो सबैलाई थाहा छ । मैले केही भनिरहनु पर्दैन । रणबीरका लागि विवाह गर्ने यो ठिक समय हो । म २७ वर्षमा सेटल भएको थिएँ । रणबीर ३५ वर्ष पुगिसकेका छन् । त्यसकारण उनले विवाहबारे सोच्नुपर्छ । उनले मनपराएको जोसुकैसँग विवाह गर्न सक्छ । हामीलाई यसमा केही आपत्ति छैन । म मर्नु अघि नाती नातिनासँग खेल्न चाहन्छु ।’
उनले थपे, ‘रणबीर वा अन्य कलाकार, उनीहरु आफ्नो काममा धेरै केन्द्रीत छन् । उनीहरु जसलाई भेट्छन् तिनीहरु नायिका हुने गर्छन् । उनीहरु धेरैसँग घुलमिल हुँदैनन् । यो फिल्ममा काम गर्नेहरुको नकारात्मक पक्ष हो ।’
जब ऋषिलाई छोरासँग विवाह बारे कुरा गर्नुहुन्छ भन्ने प्रश्न सोध्दा उनले भने, ‘म यसबारे धेरै कुरा त गर्दिनँ तर मेरी श्रीमतीले भने उनलाई सम्झाइरहन्छिन् र रणबीर यस्तो प्रश्नसँग भागिरहन्छन् । जब रणबीर विवाहका लागि तयार हुनेछन् तब हामी अत्यधिक खुसी हुनेछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
सञ्चारगृहले बिना अवराेध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्छ : प्रलाेपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण