सुन्दरीजलमा वीपी कोइरालाको यसरी गरियो सम्झना
काठमाडौँ– प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा मनाइएको छ ।
बिपी सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुर्याउनुभएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे । वि.सं २०१७ पुस १ गतेको ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । प्रधानमन्त्री बन्नुअघि ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन गर्नुभएका कोइरालाले राजनीतिक व्यस्तताका कारण साहित्य सिर्जनामा समय दिन पाएका थिएनन् ।
आठवर्षे कारागार जीवनमा कोइरालाका ‘श्वेतभैरवी’, ‘मोदीआइन’, ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’ उपन्यास, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ आत्मजीवनीलगायत पुस्तक प्रकाशन भएका छन् । उनको गणेशराज शर्माको सम्पादनमा ‘आत्मवृत्तान्त’ पनि प्रकाशित छ ।
स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले वीपीले नेपाली राजनीति र साहित्यमा पुर्याएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको बताए । काँग्रेस महासमिति सदस्य लोकेश ढकालले बिपीलाई कारागार जीवन साहित्य सिर्जना गर्ने अवसर बनेको बताए । सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दीगृहलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गरिने बताए ।
वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । बन्दीगृहलाई २०६१ भदौ २४ गते सङ्ग्रहालयमा परिणत गरिएको थियो । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण चिजबिजको सङ्ग्रह गरिएको छ । भूकम्पपछि ती सामग्रीलाई एउटा कोठामा राखेर पुनःनिर्माण शुरु गरिएको होे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण