वानेश्वरमा यसरी हुन पुग्यो झडप, १३ तस्बिरमा हेर्नुहोस्

काठमाडौं– सरकारको विरोध र अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले आज राजधानीमा गरेको प्रर्दशनका क्रममा भएको दोहोरो झडपमा प्रहरी इन्पेक्टर खेम नेपाल घाइते भएका छन् । यस्तै तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन कार्यकर्ता पनि घाइते भएका छन् ।
शनिबार राजधानीको माईतीघरमण्डलाबाट नयावानेश्वर तर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वर चोक प्रहरीले रोकेपछि दोहोरो झडप भएको हो ।
तरुण दल भन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएका विवेकशिल साझा पार्टी र नागरिक समाज तथा अधिकारकर्मीहरुले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुशमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडपको स्थिति श्रृजना भएको हो । नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो ।
झडपमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रर्दशनकारीले पनि सुरक्षाकर्मीलाई लक्षित गरि ढुंङगा प्रहार गरेका थिए । प्रहरीले दर्जन बढी अश्रुग्यास प्रहार गरेपछि केही समय नयाँवानेश्वर वरपरको क्षेत्र तनाबग्रस्त बन्यो । सो क्रममा तरुण दलका अध्यक्ष जीतजंग बस्नेत सहित तीन दर्जन बढी घाईते भएका हुन् । अहिले बानेश्वर वरपरको सुरक्षाव्यवस्था कडा बनाइएको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
यसैबीच आक्रोशित तरुण दलका कार्यकर्ताले प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ ।
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर शाह को बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।
यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।
उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
सातवटै प्रदेशका सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए ।
तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।
शान्तिपूर्ण आन्दोलनमा तनाव : वानेश्वरमा प्रदर्शनकारीले ३ मन्त्रीका गाडी फुटाए |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट