केन्द्रीय संस्करण

भूराजनीतिमा ऊर्जाले लामो समय प्रधान भूमिका खेल्नेछ

person explore access_timeसाउन ४, २०७५ chat_bubble_outline0

भूराजनीतिमा समुद्री मार्गले सिर्जना गरेको द्वन्द्वको अतिरिक्त अर्को पनि द्वन्द छ– प्राकृतिक ग्यासको कारणले हुने द्वन्द्व । 

अघिल्लो हप्ता (जुलाई ११ मा) ब्रसेल्समा भएको नाटो सम्मेलनमा अमेरिकी राष्ट्रपतिले जर्मनीलाई ‘रुसको तेलमा निर्भर रहेकाले तँ उसको कुरा उलङ्घन गर्न सक्दैनस्’ भनेर हकारे ।

उक्त टिप्पणीमा एन्जेला मर्केलले आपत्ति पनि जनाइन् ।

त्यो कुन कुरा तर्फ संकेत गरेको हो भने रुसले कजाकस्तानदेखि नै लगेर युरोपभरि प्राकृतिक ग्यास लैजाने गर्छ । 

उनीहरूलाई आवश्यक प्राकृतिक ग्यासका लागि ऊ रुसमा निर्भर छ ।

जबसम्म अमेरिकाले आफ्नो परम मित्र राष्ट्रहरु पश्चिम युरोपलाई रुसको ग्यासको निर्भरताबाट बाहिर निकाल्न सक्दैन तबसम्म उसले रुससँग सम्झौता गरिरहनुपर्छ ।

यो भयङ्कर महत्वपूर्ण कुरा हो ।

त्यसैले उनीहरुले पहिले देखि विकल्प खोजिरहेका थिए । 

यसको लागि उनीहरुले सबैभन्दा भरपर्दो विकल्पका रूपमा कतारलाई लिएका छन् । 

संसारमा प्राकृतिक ग्यासको भण्डारको कुरा गर्ने हो भने सबैभन्दा ठूलो भण्डार रुस हो (रुसको विशाल तेल र ग्यास भण्डारबारेमा एक किम्बदन्ती नै रहेको छ ।

उहिले इश्वरले संसारको निर्माण गरिसकेपछि प्राकृतिक स्रोत वितरणको लाग अकासमा चहार्दै सबै देशमा बराबर स्रोत छर्दै गएछन् ।

त्यस क्रममा उनले साइबेरिया आफूले अत्यन्त चिसो बनाएको बिर्सेछन् र त्यहाँ पुग्ना साथबाकी सबै स्रोत त्यहीँ पोखियो ।)

त्यसपछि इरान र कतार आउछँ । अमेरिकामा पनि उलेख्य मात्रामा प्राकृतिक ग्यास रहेको छ ।

उ ग्यासको भण्डारको हिसाबमा चोथो स्थानमा आउँछ ।

सानो भएर पनि प्रति क्षेत्रफल ग्यासको उपलब्धताको हिसाबमा अत्यन्त धेरै ठूलो ग्यासको भण्डार भएको देश हो –कतार ।


कतारको ग्यास युरोप लान सकेमा रुसको ग्यास बिक्री नहुने भयो ।

त्यसले रुसको कमाईको मुख्य स्रोतमा पनि पूर्ण बिराम लाग्ने भयो ।

त्योभन्दा पनि महत्वपूर्ण ग्यासका लागि रहेको हाल पश्चिम युरोपको रुसमाथिको परनिर्भरता हट्छ ।

अब समिकरणमा सिरिया आउछँ । कतारको ग्यास युरोप लानका लागि सिरिया नभई हँुदैन । सिरिया बीचमा पर्छ पर्छ । 

पश्चिमलाई कतारको प्राकृतिक ग्यास सिरिया हुदैं ठ्याक्कै टर्की तल भूमध्य सागर हँुदै युरोप लग्न पाए भन्ने छ । 

अनि सिरियाको शासन जसरी पनि बदल्नु प¥यो । त्यो ग्यासका लागि सिरियाको शासन नबदली भएन ।

त्यही योजना अन्तर्गत साउदी अरब र अ‍ेमेरिकाले सुरु गराइएको युद्ध हो, सिरियाली गृहयुद्ध ।

कतारलाई पनि आफ्नो ग्यास जति छिट्टो बेच्नु छ ।

यसका लागि उसले इरानसँग मिलेर रसिया मार्फत नै उसले पहल ग¥यो । 

कतारको यो पहलको सुइँको पाउनासाथ साउदीले उसमाथि नाकाबन्दी लगाएको हो ।

नाकाबन्दीको अहम् कारण नै प्राकृतिक ग्यासको यही खेल हो ।

यत्रो वर्षको युद्धपछि पनि सिरियाको पश्चिम विरोधी सत्ता ढल्दै नढलेपछि उनीहरूले अर्को विकल्प सोचिरहेका छन् ।

प्राकृतिक ग्यास धेरै भएको उत्तर अफ्रिकी मुलुकहरुमा चाड, नाइजर, अल्जेरिया र लिबिया र अलि तल नाइजेरिया हुन् । 



यिनीहरूसँग पनि प्राकृतिक ग्यास प्रशस्त छ ।

त्यहाँबाट पाइपलाइन लगाएर खनिज लिएर जानुपर्छ भनेर आजको होइन उहिले देखिको हो ।

नाइजरमा अमेरिकाको सैन्य आधार नै छ ।

यसैका लागि चाडमा उनीहरूले लामो समय एक नरभक्षी र आतताही तानाशाह हिसेन हाब्रेलाई टिकाइराखे । (सन् १९८२ मा हाब्रेलाई शासनमा ल्याउनको लागि अमेरिकी र त्यस देशलाई पहिले उपनिवेश बनाएको फ्रान्सको समर्थन थियो । )

ग्यासमाथि नियन्त्रण राखिराख्न र उत्तरी छिमेकी लिबियामा रहेको आफूहरु विरोधी गद्दाफीको शासनलाई चुनौती दिन पश्चिमी शक्तिले हाब्रेलाई प्रयोग गरेका थिए ।

त्यो सङ्घर्षकै अन्तिम परिणाम स्वरूप कर्णेल गद्दाफीलाई हटाइयो । 

अमेरिका रुसका बचेखुचेका अरु सहकर्मीहरूलाई पनि हटाउन चाहन्छ ।

रुस यो कुरा हुनै नदिन प्रयत्नरत छ । 

अर्कोतर्फ यो क्षेत्र विश्वको सबैभन्दा ठूला युरेनियमको खानी भएको क्षेत्र पनि हो ।

अल्जेरिया, नाइजर र चाड । तीनैवटा देशहरूसँग युरेनियम पनि छ ।

त्यस कारण पनि पश्चिमी राष्ट्रहरूको त्यसमा चाख छ ।

अब दङ्गलमा किन पछि पर्ने भनेर चीन पनि दौडियो ।

चाइना अहिले निक्कै आक्रमक हिसाबमा चाडमा लागिपरेका छ ।

अहिलेको द्वन्द्वको मुख्य केन्द्र कङ्गो वरपर केन्द्रित भएको छ । 

कङ्गो अफ्रिका महादेशको दोस्रो सबैभन्दा ठूलो नदी हो ।

त्यही नदीको नामबाटै कङ्गो देशको नाम रहेको हो ।

चीन त्यो नदीलाई चाडको बीचमा रहेको चाड लेकमा (यही तालको नामबाटै चाडको नाम रहेको हो ) मिसाउने र त्यहाँबाट लिबिया हँुदै भूमध्य सागरमा पुग्ने योजनामा छ ।

उ त्यस रुटबाट त्यस क्षेत्रको प्राकृतिक ग्यासहरू भूमध्यसागर हुदै संसारभरि लैजाने योजनामा छ ।

त्यसको विरुद्धमा इजिप्ट र सुडान छन् । 

अहिले नाइल नदीमा झगडाको स्थिति छ ।

उनीहरू कङ्गोको पानी नाइल नदीतिर लान चाहन्छन् । एउटा त्यसले चीनको सम्भावित ग्यासको सिपिङ रुट पनि अवरुद्ध भयो ।

अर्को नाइल नदीमा उनीहरूको प्रयोग गर्नको लागि पानी पनि सरप्लस भयो ।

यसरी यो क्षेत्रमा प्राकृतिक स्रोतको पनि द्वन्द्व भएको अवस्था छ । 

मध्यपूर्वको प्रमुख द्वन्द्वहरु लगभग यत्ति हो । अब सैन्य उपस्थितिको कुरा गरौं ।

सैन्य उपस्थितिको के छ भने अमेरिकाको वरिपरिको राष्ट्र त छँदै छन्, सँगसँगै इजिप्टमा अमेरिकीहरूको उपस्थिति हुने भइहाल्यो । 



ग्रिक सिप्रियोटमा ब्रिटिस सैन्य आधार रहेको छ । (सन् १९७४ देखि साइप्रस यसका दुई प्रमुख जातिहरु ग्रीक र टर्किसहरु माझ विभाजन भएको छ ।

यी दुई क्षेत्रमा अलग अलग सरकारले शासन गर्छ ।)


यता जिब्राल्टरमा पनि ब्रिटिस नै छन् ।

ब्रिटिसहरू पनि यो क्षेत्रमा एक हिसाबको प्रभुत्व कामय नै गरेका छन् ।

रुसको सबैभन्दा ठूलो समस्या पनि यसैमा देखिन्छ । 

यसको विकल्पमा रुसले के विकल्प सार्यो भने क्यास्पियन सागरबाट इरानमा आफ्नो पाइपलाइनहरू ल्याउने अनि इरानको बन्दरअब्बास डीप सी बन्दरगाहबाट पाइपलाइनलाई भारतसम्म ल्याउने ।

भारतले केहीअघि मात्रै इरानसँग तेल र ग्यास ल्याउनको लागि एमओयू ग¥यो । 

अब रुस र इरानले यो चाल अघि ल्याएपछि यो कुरा अमेरिकीहरूलाई मन परेन ।

मन नपरेपछि देखिहाल्नुभयो, भारतकी मुलकी अमेरिकी दूत निक्की हल(जन्म नाम नम्रता राधवा) पठाएर इरानसँगको व्यापार शून्यमा झार्नु भनेर हप्काइन् । 


रुसले यो एउटा रुट भयो, अर्को रुट चाहिँ पूर्वी तटमा पनि पाइपलाइन लगेर जापान र चीनमा बजार गर्ने सोचेको छ ।

चीनका अधिकांश जनसङ्ख्या त पूर्व र दक्षिणतर्फ छन् । यता पश्चिमपट्टि त एकदम थोरै जनसङ्ख्या मात्रै छ ।

त्यही जनसङ्ख्यालाई केन्द्रित गरेर रुसले १६–२६ अर्ब डलरको परियोजना सुरु गरिरहेको छ ।

फेरी त्यहाँ अर्को द्वन्द्व सुरु छ । अमेरिकाको धेरै प्राकृतिक ग्यास भएको भूभागमध्य एउटा अलास्का हो ।

अलास्का जापानको नजिक छ । यो भूभागबाट चीन पनि नजिकै पर्छ ।

ट्रम्पले केही अघि ‘तिमीहरूको सामान हामीले धेरै किन्ने भएकाले व्यापार घाटा धेरै भयो । तिमीहरु चाहिँ हामीबाट केही नकिन्ने ?’ भन्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ्ग अमेरिकाको भ्रमणमा रहदाँ चार सय अर्बको प्राकृतिक ग्यास किनिदिन्छु भनेर अमेरिकासँग एउटा एमओयू नै गरे । 


त्यहाँ पनि प्राकृतिक ग्यासको द्वन्द्व अब हेर्नु होला सी अफ जापान, इस्ट चाइना सी, बेरिङ सीमा अब सुरु हुनेवाला छ । 

तेलको मुल्यमा घटवढ पनि भुराजनैतिक द्वन्दको परिणाम

अमेरिकाले पछिल्लो समयमा प्रविधिमा सुधार गरेर सेल ओयल भन्ने तेल उत्पादन गर्न थालेको छ । यो तेल रुस र खाडी मुलुकहरूले उत्पादन गर्ने तेलभन्दा सस्तो पर्छ । उसले धेरै उत्पादन गरिदियो भने तेलको मुख्य घट्ने , उत्पादन घटायो भने तेलको मूल्य बढ्ने हुन्छ । 

साउदी अरबले साह्रै गनगन गरेपछि तेलको मूल्य बढाउनका लागि आफ्नो तेलको उत्पादन घटाउने निर्णय ग¥यो । तेलको मूल्य बढ्ना साथ फेरि रुस र इरानलाई पनि नाफा हुने भयो । 

उसले रुस र इरानलाई चाहिँ ‘स्याङ्सन’ लगाएर भुक्तानीको समस्या पैदा गरिदियो । त्यसका लागि अमेरिकी संसदले ‘कास्टा’ भन्ने एउटा विधयक नै पारित गरे ।

उनीहरूलाई भुक्तानीको समस्या पैदा गरिदिने र आफू सम्बद्ध राष्ट्रहरूलाई नाफा गराउनेतर्फ उनीहरू अघि बढे । 

त्यसपछि भारतको कुरा छ । मोदीमाथि अहिले इरानसँगको सम्बन्ध टुटाउनका लागि ठूलो दबाब छ । मोदीले के गरे भने इरानसँग डलरमा भुक्तानीको समस्या भएपछि द्विपक्षीय भुक्तानी प्रणाली स्थापना गराए । आईसी अथवा रियालमा भुक्तानी गर्ने, उनीहरूकै मुद्रामा । त्यो द्विपक्षीय भुक्तानी प्रणाली पछाडि अमेरिकी दूत इक्की हल आएकी हुन् ।

त्यसपछि नै साउदी अरबले भारतलाई देखाइदिन माल्दिभ्समा पैसा पेलेर, शक्ति प्रयोग गरेर त्यहाँको सत्तालाई भारतबाट टाढा बनाएको हो । यसबारेमा पछि विस्तारमा कुरा गरौँला ।

त्यसकारण अहिले चाहिँ के हो भने इरानलाई ‘स्याङ्गसन’बाट नियन्त्रण गर्न धेरै हदसम्म सफल भइसक्यो । रुसमाथि भने उसले त्यस्तो गर्न सकेको छैन । 

त्यही अन्यौलले गर्दा अमेरिकाले तेलको मुल्य ह्वात्तै पनि नबढाउने र आफ्नो मित्र राष्ट्रलाई मार पर्न नदिन ह्वात्तै पनि नघटाउने नीति लिएकाले अहिले तेलको भाउ नबढिरहेको र नघटिरहेको स्थिति हो । अलि बढेको मुल्य पनि पछिल्लो घटिरहेको अवस्था हो ।

खासमा भने आफ्नो प्रतिस्पर्धि हुने हिसाबमा विकास गरिरहेका चीन र भारतको आर्थिक वृद्धिलाई नियन्त्रण गर्ने र रणनीतिक रूपमा आफू हावी हुनका लागि अमेरिकाले तेलको मुल्य बढाउन चाहिरहेको छ । 

तर तेलको मूल्य र प्राकृतिक ग्यासको मूल्य बढ्नासाथ पश्चिम युरोपमा ठूलो असर पर्ने भएकाले पश्चिम युरोपेलीहरू यो रणनीतिसँग असहमत छन् ।

पछिल्लो समय दुई बीच देखिएको मतभेदको अहम् कारण पनि यही हो । 

संसारमा तेल प्रमुख ऊर्जाको स्रोत हुने र भूराजनीतिमा यसले प्रभाव पारिरहने अवस्था सधैं रहिरहैन ।

त्यसपछिको विकल्पका लागि पनि अहिलेबाटै तानातानको स्थिति सुरु भइसकेको छ । 

कच्चा तेलपछि प्राकृतिक ग्यास र त्यसपछि युरेनियम भविष्यको उर्जा हुन सक्छ ।

त्यसैले कजाकस्तान, चाड, नाइजर, लोकतान्त्रीक गणतन्त्र कङ्गोमा जति पनि समस्या आएको छ यसको केन्द्रमा युरेनियम छ ।

याे पनि पढ्नुहाेस्

भू–मध्यसागरको समून्द्री मार्गः किन बन्दैछ लडाईंको केन्द्र ?


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ