बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतको एक अपार्टमेन्टमा भिषण आगलागी, २ सय अग्नि नियन्त्रक परिचालन

बुधबार, ३१ जेठ २०७४, १० : ३४
बुधबार, ३१ जेठ २०७४


लण्डन– बेलायतको लण्डनस्थित एक गगनचुम्बी अपार्टमेन्टमा भिषण आगोलागी भइरहेको छ । दक्षिण लण्डनको लातीमेरस्थित अपार्टमेन्टमा आगलागि भएको हो । आगो नियणन्त्रणका लागि २ सय अग्नि नियन्त्रकले प्रयास गरिरहेको अन्र्तराष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् । 
उक्त गगनचुम्बी भवनभित्र मानिसहरु फसिरहेको अनुमान गरिएको छ । आगोबाट नागरिकलाई बचाउन हरतरहले लागेको लण्डन प्रहरीलाई उद्धृत गर्दै एपी समाचार संस्थाले समाचार लेखेको छ । अपार्टमेन्टको दोश्रो तलाबाट फैलिएको आगो २७ औं तलासम्म फैलिएको छ । निरन्तर ३ घण्टाअघि देखि फैलिएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । बिबिसि संवाददाता एन्डी मुरले लण्डनका मेयर सादिख खानले ठूलो दुर्घटना भएको प्रतिक्रिया दिएका छन् । अहिलेसम्म क्षतिको विवरण प्राप्त भएको छैन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप