बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्य र सुन्दरताका लागि मसलाको प्रयोग कति फाइदाजनक ?

बुधबार, ०२ साउन २०७५, १० : ५४
बुधबार, ०२ साउन २०७५

डा. केदार कार्की

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन  मद्दत गर्छ’ भनी परिभाषित गरेको छ । हाम्रो  भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे हामी निकै जानकार छौँ । अझ औषधिजन्य प्रयोग, अत्तर बनाउन, सौन्दर्य प्रसाधन बनाउन र प्रयोग गर्न पश्चिमी सभ्यताभन्दा निकै जाकार छौँ ।

 नेपाल मसला तथा जडीबुटीको भण्डारका रूपमा विश्व प्रसिद्ध छ । जसले चालीस थरीभन्दा बढी मसला उत्पादन गरेको पाइन्छ । तिनीहरूमध्ये मरिच, अलैँची, अदुवा, बेसार, खोर्सानी, ल्वाङ लसुन, केशरी तथा दानाजन्य मसला जस्तै, मेथी, धनिया इत्यादी ।

सुगन्ध अनि स्वादः
सुगन्धित बाफ भएर उड्ने तेलहरू वा अत्यावश्यक तेलहरू धुलो मसालालाई बाफद्वारा तरल पदार्थ निकालिएका एउटा महत्वपूर्ण मसलाजन्य उत्पादन मानिन्छ । बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनका लागि तथा स्वादका लागि विख्यात मानिन्छन् । ओलियो रेसिन मसलाहरू अत्यावाश्यक बाफ भएर उड्ने र वाफ भएर नउड्ने मौलिक मसलाका माग जसलाई गल्ने गाल्ने प्रविधिबाट मूल्य तत्व निकालिन्छ । तिनले मौलिक मसलासँग मेलखाने तीतो पीरो स्वाद र सुगन्ध प्रमाणित गर्छन् ।

पोषणजन्य महत्व 
यद्यपि मसलाहरू विशेषगरी हाम्रा भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्छ । यी मसलामा सबै तीन खाले पोषणको अंशहरू कार्बोहाइड्रेट प्रोटिन बोसो पनि हुने हँुदा यिनमा पोषणजन्य महत्व पनि हुने गर्दछ । यसले शरीरका शक्ति तथा खनिज लवण आपूर्तिमा थप टेवा पु¥याउँछ । यिनीहरू आफैमा शक्ति क्षमता हुन्छ । यसलाई प्राविधिक शब्दमा क्यालोरी क्षमता भनिन्छ ।

उदाहरणका लागि प्रायजसो प्रयोग गरिने मसलाहरू प्रतिसय खानयोग्य मात्रमा सयपत्रीको मसालामा चार सय सैंतीस, जाइफलमा चार सय बहत्तर, ज्वानोमा तीन सय चैंत्तीस, जीराको गेडामा तीन सय छपन्न, बेसारमा तीन सय उनन्चास, मेथीको गेडामा तीन सय तेत्ततीस मिलिग्राम हुने गर्दछन् । जे भए पनि यिनको पोषणजन्य क्षमता सीमाबद्ध मात्र हुन्छ । अझ हाम्रा भोजन परिकारमा मसलाको प्रयोग थोरै भए पनि प्रत्यक्ष योगदान पु¥याउने खालका छन् । तथापि यिनीहरूको अप्रत्यक्ष क्रियाकलाप महत्वहीन पनि छन् । किनकी यिनले भोक जगाउन तथा भोजन रुचाउने मात्रा बढाउँछ ।

शरीरविज्ञानजन्य क्रियाकलाप 
मसलाहरूले ¥यालका साथै अमाइलेज न्युरामिनिक अम्ल हेकसोसामाइन उत्सर्जन तथा प्रवाहलाई तीव्र पार्ने काम गर्छन् । यसले मुखमा खानेकुरा तथा जीवाणु टासिनबाट बचाउन मद्दत गर्दछ । मसलाहरूले ¥यालको उत्र्सजनको मात्रा बढाउँछ, जसमा अमाइलेज वा पिटाइलिनको मात्रा बढी हुने हुँदा यिनले पेटमा खाना पचाउनमा सहजीकरण गराउन तथा खानेकुरालाई परिमार्जन गरी कार्बोहाइड्रेट लाइप्रचुर सारयुक्त बनाई बढी सजिलै पच्ने बनाउँछ । यसले मुख पाचन प्रणलीमा हल्का एत्तेजित क्रियाकलाप देखाउँछ । अतः मसलाहरूले खाने अभिरुचि बढाउने प्रेरणा दिनुका साथै ¥यालजन्य तथा पेटको रसको प्रवाहलाई तीव्र पार्न महत्वपूर्ण भूमिका खेल्दछ ।

औषधिजन्य गुणहरू 
 मसलामा धेरैखाले औषधिजन्य गुण भएको दाबी गरिन्छ । विभिन्न खाले औषधि बनाउन प्रयोग गरिन्छ । खासगरी प्राकृतिक उपचार प्रणालीमा प्रयोग हुने, जस्तै आर्युवेदिक तथा युनानी प्रायः जसो पाचन प्रणालीमा जन्मा भएको वायु उत्र्सजक किसिमका हुन्छन् । केही चाहिँ वायुग्रस्त सरक्षण गर्ने र उत्तेजित पार्ने किसिमका हुन्छन् ।

अर्कोतिर केही मसलाहरू अपज अजीर्ण नपच्ने रोग निवारक, सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसी बटारिन नदिने खालका हुन्छन् । केही मसलाले भने अरू औषधिको निमीठो, तीतो, टर्रो स्वादलाई ढाकछाप गर्ने गर्छन् ।

धेरैखाले मसालामध्ये लसुन सँझना गर्न नसकिने बेलादेखि नै पैतीसभन्दा बढी औषधिजन्य गुणयुक्त प्रभावशाली मसला मानिन्छ । हालैको समयमा आधुनिक औषधि प्रयोग गरी उपचारमा अभ्यासरत स्वास्थ्यकर्मी पनि उच्च रक्तचापग्रस्त बिरामीका लागि निश्चित भरपर्दाे एवम् प्रभावकारी औषधिका रूपमा स्वीकार्न थालेका छन् । के तथ्य फेला पारिएको छ भने यसको प्रयोगले बिरामीमा यस्तो एलडीएस कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइड मात्रा तह घटाउँछ । साथै  संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न मद्दत गर्दछ ।

सौन्दर्य तथा शरीर रक्षामा मसलाको भूमिका 
 आजका महँगा अत्तरहरूमा जीरा दालभिनी, ल्वाङ, जाइफल, मेथी, अलैँची जस्ता मसला वा व्युत्तपादित तेलहरूको आवश्यक पर्दछ । सौन्दर्यता र शरीरको रेखदेख एवम् सुरक्षका लागि हामी कहाँ यिनको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । खाने विविध मसला काँचै प्रशोधन नगरी आज पनि शरीरको रङ सुधार्न अनि राम्रो देखिन प्रयोग गरिन्छ ।

बेसार असाध्यै लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । यसलाई लेदो बनाएर अनुहार लेप आँत र शरीरमा लगाएमा छालाको रङ परिष्कृत गर्न सकिन्छ । यसका साथै नचाहिँदा रौँ हटाउन पनि प्रयोग गरिन्छ । यसलाई मूल आधार सूत्र लिएर केही व्यापारिक उत्पादकहरूले विभिन्न सौन्र्दय प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी बजारीकारण गरिराखेका छन् ।

त्यसमा मूल अवयव अंश बेसार नै आवश्यक पर्छ । केही अनुसन्धान संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी व्यापार पनि  गरेका छन् । यसमा मूल अंश बेसारकै प्रयोग भएको हुन्छ ।

केही अनुसन्धानात्मक संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधनसँग चासो राखी गरेको पाइन्छ । बेसार, मेथी, मरिच, दालचिनी, ल्वाङ, सुपका दाना जस्ता धेरैजसो मसला राम्रो अनुहार रूप रङ देखिन लेपमा मलम तथा लोसन बनाउन प्रयोग गर्न सकिन्छ । यिनीहरूलाई डण्डीफोरको फोका सडाउन, गलाउन, पाक्न नदिन प्रयोग गर्न सकिन्छ । हाम्रै भान्सामा यति महत्वपूर्ण सामग्री हुँदा पनि यिनबाट उत्पादन भएका सौन्दर्य प्रसाधन तथा शरीर रक्षाका सामग्री खरिद गर्न भौँतारिएर बजार चाहार्छौँ  र चर्को मूल्य तिर्छौं ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. केदार कार्की
डा. केदार कार्की
लेखकबाट थप