शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘राजनीतिक दलले आफ्ना मान्छे भर्ना गर्न खोजेपछि बैंकहरुले शाखा खोल्न मानेनन्’

मङ्गलबार, ०१ साउन २०७५, ११ : ४३
मङ्गलबार, ०१ साउन २०७५

काठमाडौं–नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष भित्र सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य लिएपनि अझै १ सय ९७ स्थानीय तह बैक बिहिन छ । 

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले अझै १ सय ९७ स्थानीय तहमा बैंक पुग्न नसकेको जनाएका छन् ।

 त्यसमध्ये ६५ स्थानीय तहमा त बैंकको शाखा खोल्न निकै समस्या रहेको उनले बताए । 

 केही स्थानीय तहमा बैंकको शाखा खोल्न जाँदा त्यहाँ राजनीति दलका नेताहरुले आफ्ना मान्छे भर्ना गरिदिन भनेको र नगरे शाखा स्थापना गर्न नदिने सम्मका चेतावनी दिएकाले बैंकहरु पmर्केर आएको डेपुटी गर्भनर शिवाकोटीले बताए ।

राष्ट्र बैकले हिजो मात्र अर्थमन्त्रालयलाई बैंकको सुरक्षा दिनको लागि अनुरोध पत्र लेखेको शिवाकोटीले बताए । 

उनले भने, ‘५ सय ५६ स्थानीय तहमा बैंकको शाखा पुगेको छ । ६५ स्थानीय तहमा निकै समस्या देखिएको छ । सरकारले बैंकहरुलाई सुरक्षा दिनुपर्छ ।

राजनीतिक दलका आफ्ना मान्छे भर्ना गर्ने स्थलबाट मुक्त बनाउनुपर्छ । हामीले यसका लागि अर्थमन्त्रालयलाई जानकारी गराइसकेका छौ।  ’

प्रत्येक स्थानीय तहमा बैंकको शाखा पुर्याउने सरकारको लक्ष्यलाई सघाउन आज मात्र नबिल बैंकले बिद्युतको सुविधा नभएको १२ स्थानीय तहमा शाखा विस्तार गरेको छ । 

यस्तै चालु आवको  (२०७५÷०७६ ) को मौद्रिक नीतिले बैंकहरुले प्रादेशिक कार्यालय खोल्नुपर्ने व्यवस्था गरिसकेको छ ।

यसका लागि राष्ट्र बैंकले केही दिनमा सर्कुलर जारी गर्ने तयारी गरेको छ । बैंंकहरुले आगामी ६ महिना भित्र हरेक प्रदेशमा आफ्ना प्रादेशिक कार्यालयको व्यवस्था गर्नुपर्ने छ ।  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप