केन्द्रीय संस्करण

विश्वकप जितको उत्सव मनाउने क्रममा फ्रान्सका ठाँउ–ठाँउमा उत्साही समर्थकबाट तोडफोड (भिडियो)

person explore access_timeअसार ३२, २०७५ chat_bubble_outline0

एजेन्सी– फ्रान्सले रसियामा भएको विश्वकपमा उपाधी जितेपछि फ्रान्सेली नागरिकहरु खुसी मनाउन सडकमा उर्लिए । हिजो रातभरी जसो देशका सबैजसो स्थानमा उत्सबको माहोल रह्यो । तर केही ठाँउमा भने अति उत्साहित समर्थकहरु हुलदंगामा उत्रिएपछि प्रहरी परिचालन गरिएको थियो ।

आफ्नो उत्साहलाई संयममा राख्न नसकेका फ्यानहरुले ठाँउमा–ठाँउमा यो ऐतिहासिक साँझलाई हिंसात्मक बनाए । पेरिसका अधिकांश जनता क्याम्प इलिसीमा खुसी मनाउन भेला भइरहँदा केही हुल्याया समर्थकहरुले भने पेरिसका विभिन्न स्थानमा ढुंगामुढा गर्दै, फोहोर फाल्ने भाँडोमा आगो बाल्दै हिँडेका थिए ।

हुल्याहाहरुलाई तितरवितर पार्नको लागि प्रहरीले अश्रु–ग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो ।  पेरिसको अतिरिक्त फ्रान्सको अर्को सहर लियोनमा पनि समर्थकहरुले तोडफोड गरे । त्यहाँ समर्थकहरुले प्रहरीहरुलाई ताकेर फोहोरका खाली क्यानहरु हानेका थिए । जवाफमा प्रहरीले भने उनीहरुमाथि अश्रु ग्याँस प्रयोग गर्यो । ठाँउ–ठाँउमा फोहोरको भाडोमा लागेको आगो नियन्त्रण गर्नको लागि अग्नि नियन्त्रकहरु आएका थिए ।

त्यस्तै अर्को शहर मार्सेल्समा पनि उत्साही फुटबल समर्थकहरुले प्रहरीमाथि आतिसवासी, आगोको मुस्लो र प्रोजेक्टाइल फ्याँकेपछि विजयको पार्टी मुठभेढमा बदलिएको थियो । यस्तै घटना रुयन, बरदुमा पनि भएको थियो ।

यी उल्लेखित घटनाबाहेक देशको बाँकी भागहरुमा भने आफ्नो देशको फुटबल टिमले विश्वकप जितेको खुसीमा ठूलो खुसीको माहोल देखिएको थियो । फ्रान्सेली नागरिकहरु आफ्नो देशको दोश्रो विश्वकप विजयको खुसी मनाउन आफ्नो देशको झण्डा बोकेर हुल का हुल सडकमा निस्किएका थिए । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...