शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

सोमबार, ३२ असार २०७५, १५ : १६
सोमबार, ३२ असार २०७५

गाईघाट– दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर आज मृत फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् । 

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप