शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोविन्द केसीको अनसनबारे के भन्छन् प्रदेश नम्बर ५ का सरोकारवाला ?

सोमबार, ३२ असार २०७५, १४ : १४
सोमबार, ३२ असार २०७५

तेजेन्द्र केसी
 

बुटवल–डा. गोविन्द केसीले जुम्लामा आन्दोलन थालेको १७ दिन पुग्दा  पाँच नम्बर प्रदेशका सरोकारवाला विभाजित बनेका छन् । 
 

बुटवलमा दैनिक जसो युवाहरु गोविन्द केसीका मागहरुले पुरा हुनुपर्ने भन्दै  प्रर्दशन जारी राखेका छन् । कपिलबस्तुमा पनि हिजो साँझ केसीको पक्षमा प्रर्दशन भएको थियो । प्रायः नगारिक समाजका नाममा पाँच नम्बर प्रदेशमा  शान्तिपूर्ण रुपमा प्रर्दशन भएका छन् ।

 तर पाँच प्रदेशमा मेडिकल संचालन गरेका संचालनहरु भने उनले आन्दोदन गरेकै आधारमा सरकारले हतारमा सम्झौता गर्न  नुहर्ने  पक्षमा छन् ।

प्रदेश नम्वर पाँचका सामाजिक विकास मन्त्री सुर्दशन वरालले शिक्षा तथा स्वस्थ्य जस्ता अति संवेदनशी क्षेत्रलाई असर पार्ने गरी बन्द हड्ताल गर्नु उचित नभएको बताए ।

मन्त्री वरालले जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको बताए । उनले कुनै पनि समस्यको समाधान संवादबाटमात्र सम्भव भएको भन्दै राज्यले तदारुकता देखाउनुपर्नेमा जोड दिए।

उनले माथेमा आयोगको प्रतिवेदन प्रति संघीय सरकारलाई स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गर्दे काठमान्डौमा मात्र मेडिकल कलेज संचालनमा ल्याएमा प्रदेशहरुमा संस्थापना गरिने मेडिकल कलेजहरुमा दक्ष जनशत्तिको कमि हुने तर्फ सचेत हुनुपर्ने बताए ।

लुम्विनी मेडिकल कलेज पाल्पाका अध्यक्ष गोपाल बहादुर पोख्रेलले डाक्टर गोविन्द के.सीका कतिपय मागहरु जीवन निर्वाहको सिद्धन्त विपरित भएको दावी गरे । 

नेपाल चिकित्सक संघ लुम्विनीका अध्यक्ष प्राध्यापक डाक्टर नन्दा गुरुङ्गले गोविन्द केसीले गरेको  १५ औं पटकको अनसनबाट सम्पूर्ण समस्याको दीगो समाधान गरी अनसनलाई सदाका लागि अन्तिम बनाउनुपर्नेमा राज्यले त्यस तर्फ ध्यान दिन नसकेको बताइन् ।  

देवदह मेडिकल कलेजका रुपन्देही अध्यक्ष रजनिस जिन्दलले डाक्टर केसीको माग जे जसो भए पनि उनको जिवन रक्षा महत्वपूर्ण पक्ष भएको भन्दै त्यस तर्फ सरकार संवेदनशील हुनुपर्ने बताए । 

अफिन लम्विनी उपाध्यक्ष युवा अभियन्ता मुत्तराज पौडेलले जनताका माग प्रति सरकार जिम्मेवार बन्न नसकेको आरोप लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप