बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

क्रोएशियाको हारपछि भावुक भएकी राष्ट्रपतिले टीमका कप्तानलाई अँगालो हालेर यसरी सम्झाइन् (फोटोफिचर)

सोमबार, ३२ असार २०७५, १० : ०८
सोमबार, ३२ असार २०७५

फिफा विश्वकपको फाइनल खेलमा क्रोएशियाको पराजयपछि राष्ट्रपति कोलिन्दा ग्राबर–किट्रोभिकले निकै भावुक हुँदै टीमका कप्तान लुका मोड्रिचलाई अँगालो हालेर सम्झाइरहेको देखिइन् ।

आइतबार आयोजित फिफा विश्वकपको अन्तिम खेलमा क्रोएशिया फ्रान्ससँग दुई गोलअन्तरले हारेको थियो ।

रसियाको राजधानीस्थित लुज्निकी स्टेडियममा राष्ट्रपति ग्राबर विभिन्न विशिष्ट व्यक्तिसँग विश्वकपको अन्तिम खेलमा सरिक थिइन् ।

उनीसँगै रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों थिए ।

क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

उत्कृष्ट प्रर्दशनका कारण टीमले संसारको ध्यान आकृष्ट गर्नुका साथै वाहवाहीसमेत पनि बटुलिरहेको छ ।

खेलको अन्त्यमा टीमका कप्तान  मोड्रिचलाई गोल्डन बल प्रदान गरिएको छ ।

राष्ट्रपति ग्राबर भीआईपी सेक्सनमा खेल अवधिभरी पुटिन र म्याक्रोसँगै बसिन् ।

खेलमा हार व्यवहोरेपछि निकै भावुक भएकी उनले अन्तिममा मोड्रिचलाई अँगालो हालेर निकै प्रेमपूर्वक सम्झाइन् ।

यसअघि, राष्ट्रपति ग्राबरलाई रुस भर्सेस क्रोएशियाको क्वार्टर फाइनल खेलमा देखिएको थियो ।

उक्त म्याचमा क्रोएशियाले पहिलो गोल हानेपछि उनी अत्यधिक खुसी भएर रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवको अघिल्तिर नाचेकी थिइन् ।

उनी क्रोएशियालीे झण्डाको रङको स्टाइलिस पहिरनका कारण पनि चर्चित भएकी थिइन् ।

थप समाचार

फिफा विश्वकपः पुरस्कार वितरणमा वर्षा हुँदा छाता ओढेर पुगे पुटिन, फ्रान्स र क्रोएशियाका राष्ट्रपति भिजिरहे

फ्रान्सले जितेपछि यसरी उफ्रिए राष्ट्रपति (फोटोसहित)

एमबाप्पेः १९ वर्षे ठिटो, जसले खोसिरहेछन् मेस्सी र रोनाल्डोको ताज

फ्रान्सका प्रशिक्षकको नाममा दर्ता भयो यो दुर्लभ रेकर्ड

सन् २०१८ फिफा विश्वकपका पाँच रोचक तथ्य

क्रोएशिया फाइनलमा पुगेपछि राष्ट्रपति कोलिन्डाले गरिन् डान्स, खेल हेर्न इकोनोमी क्लासमा यात्रा गरिन् (भिडियो)

समापन समारोहमा छाए विल स्थिम र रोनाल्डिन्हो (फोटो)

विश्वविजेता फ्रान्सेली खेलाडीले पानीमा रुझ्दै ट्रफी उचाले

क्रोएशियाका लुका मोड्रिचले जिते गोल्डेन बल

एमबाप्पे बने पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो टिनएजर

विश्वकपमा रुसी राष्ट्रपति पुटिन र क्रोएशियाली राष्ट्रपतिको यस्तो केमेस्ट्री, फ्रान्सका राष्ट्रपति पनि देखिए

इङल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट, कसले कति गोल गरे ?

फ्रान्सले जित्यो विश्वकप ट्रफी, क्रोएशिया ४–२ ले पराजित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप