शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमबाप्पे बने पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने पहिलो टिनएजर

आइतबार, ३१ असार २०७५, २३ : ०७
आइतबार, ३१ असार २०७५

फ्रान्सका युवा खेलाडी कालियन एमबाप्पेले क्रोएशिया विरुद्धको विश्वकपको फाइनल खेलमा चौथो गोल गरेका छन् ।

उनी पेलेपछि विश्वकप फुटबलको फाइनलमा गोल गर्ने पहिलो टिनएजर बनेका छन् ।

१९ वर्षीय यी खेलाडीले विश्वकपमा गरेको यो चौथो गोल हो ।

यसअघि सन् १९५८ को विश्वकप फाइनलमा ब्राजिलले स्विडेनलाई ५-२ ले हराउँदा १७ वर्षका पेलेले दुई गोल गरेका थिए ।

त्यसयता कुनै पनि टिनएजरले विश्वकपको फाइनलमा गोल गर्न सकेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप