बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इङल्यान्डका ह्यारी केनलाई गोल्डेन बुट, कसले कति गोल गरे ?

आइतबार, ३१ असार २०७५, २२ : ४७
आइतबार, ३१ असार २०७५

विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता इङल्यान्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगिता अवधिभर ६ गोल गरे ।

केनले समुह चरणको सुरुवाती खेलमा ट्युनिसिया विरुद्ध इङल्यान्डले २–१ को जित निकाल्दा निर्णायक दुई गोल गरेका थिए ।

त्यस्तै, समुह चरणको दोस्रो खेलमा पाना विरुद्ध इङल्यान्ड ६–१ ले विजयी हुँदा उनले ह्याट्रिक गरेका थिए । उक्त खेलमा केनले दुई गोल पेनाल्टीमार्फत गरेका थिए ।

क्वाटरफाइनलमा कोलम्बिया विरुद्ध पनि उनले पेनाल्टीमै गोल गरेका थिए । सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा भने उनी गोल गर्नबाट चुके ।

इङल्यान्ड प्रतियोगिताको चौथो स्थानमा रह्यो ।

प्रतियोगितामा एन्टोनियो ग्रिजम्यान, कालियन एमबाप्पे, क्रिष्ट्रियानो रोनाल्डो, डेनिस चेरिसेभ र रोमेलु लुकाकुलको नाममा समान ४–४ गोल छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप