मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फ्रान्सले जित्यो विश्वकप ट्रफी, क्रोएशिया ४–२ ले पराजित

आइतबार, ३१ असार २०७५, २२ : ३९
आइतबार, ३१ असार २०७५

क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ ।

मारिया माड्जुकीले १८ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । क्रोएशियाबाट इभान पेरिसिकले २८ औं बराबरी गोल फर्काएका थिए ।

तर डिबक्समा उनैले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा फ्रान्सले फेरि अग्रता लियो । फ्रान्सबाट एन्टोनियो ग्रिजम्यानले पेनाल्टीमार्फत गोल गरे ।

दोस्रो हाफमा फ्रान्सले थप दुई गोल ग¥यो । ५९ मिनेटमा पाउल पोग्बाले फ्रान्सलाई ३–१ को स्थितीमा पु¥याए । ६५ औं मिनेटमा कालियन एमबाप्पेले गोल थप्दा फ्रान्स ४–१ ले अघि थियो ।

रोमान्चक खेलको ६९ औं मिनेटमा मारियो माड्जुकीले गोल फर्काउँदै क्रोएशियालाई ४–२ को स्थितीमा ल्याए । 

फाइभस्टार होटलमा हेरे समाजवादी मन्त्रीले विश्वकप फाइनल

फ्रान्सले विश्वकप जितेको यो दोस्रो पटक हो । यसअघि सन् १९९८ मा फ्रान्सले पहिलोपटक उपाधि जितेको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप