भक्तपुरमा बाढी पहिरोको कारणले करिब १२ करोडको क्षति
भक्तपुर– असार २७ र २८ गते गते परेको अविरल वर्षाको कारण भक्तपुर जिल्लाको विभिन्न स्थानमा भएको डुबान र पहिरोको कारणले करिब १२ करोडको क्षति भएको छ । आइतबार कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा भक्तपुरका प्रमुख जिल्ला अधिकारीक नारायणप्रसाद भट्टको अनुसार डुबान र पहिरोले ११ करोड ९३ लाख ५० हजार १ सय २५ को क्षति भएको हो ।
जिल्लाको राधेराधे, ठिमी, निकोसेरा, सृजनानगर, लिवाली, जागाती, हनुमानघाट लगायतका क्षेत्रहरु डुवानमा परेका थिए । पहिरोका कारण चाँगुनारायण नगपालिका वडा नम्बर ७ मा तीन जनाको मृत्यु भएको थियो । वाढी तथा पहिरोको कारण भक्तपुर जिल्लामा करिब ५० घर टहरामा आंशिक क्षति भएको छ भने करिब ५ सय ५० परिवार विस्थापित भएका प्रारम्भिक आँकलन गरिएको प्रमुख जिल्ला अधिकारी भट्टले बताए ।
उनले डुबानमा परेर विस्थापित परिवारका लागी जिल्ला विपद व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा, स्थानीय तहबाट राहत सामग्रीहरु वितरण गरिएको समेत जानकारी दिएका छन् । यस्तै, डुबानका कारण घरमा पानी पसेका कारण अन्नबाली लगायत जिन्सिमा क्षति पुगेको छ भने अस्पताल, कलकारखाना, होटल व्यवसायमा डुबान हुँदा भौतिक संरचनाहरुमा अकल्पनीय क्षति भएको छ ।
बाढी तथा पहिरोको सुचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रश सोसाईटी भक्तपुरका उद्धारकर्मी एंव स्ययंसेवकहरु खोज तथा उद्धार कार्यमा परिचालन भएका थिए ।
अव्यवस्थित शहरीकरण, हनुमन्ते, मनहरा नदी तथा सहायक नदीहरुको अतिक्रमण, विपद पूर्वतयारीको अभाव, पानीको उपयूक्त निकासको अभाव लगायतका कारण हनुमन्ते, मनहरा नदीको आसपासका वस्तीहरु बर्षेनी डुबानमा पर्ने गरेका छन् ।
यसको समीक्षा गरी आगामी दिनमा विपद न्यनीकरणको लागी विद्यमान विपद पूर्वतयारी कार्ययोजनाको पुनरावलोकन गर्नुपर्ने समेत प्रमुख जिल्ला अधिकारको भनाई रहेको छ ।
मृतकको परिवारलाई यसअघि जिल्लाको दैविक प्रकोप व्यवस्थानपन समितिले ३ लाख १० हजार सहयोग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)