५३ अर्बको वैदेशिक लगानीका उद्योग दर्ता, लगानीमा आक्रामक बन्यो चीन
काठमाडौं–उद्योगमा वैदेशिक लगानी भित्रिने क्रममा उत्साह देखिएको छ । चालु आर्थिक वर्षको (२०७४/०७५) साउनदेखि असार २५ गतेसम्मको अवस्थामा ५३ अर्ब ४८ करोड ९ लाख रुपियाँ बराबरका वैदेशिक लगानीका उद्योग दर्ता भएका छन् । जब कि गत वर्ष (२०७३/७४) मा जम्मा १५ अर्ब २० करोड ६ लाख रुपियाँ बराबरको वैदेशिक लगानीका उद्योग दर्ता भएका थिए ।
यो भनेको यस वर्ष उद्योगमा २५१.७५ प्रतिशतले लगानी बढेको हो । विभिन्न ४३ वटा देशबाट दर्ता भएको उद्योगको लगानी हो । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसाल नेपालमा वैदेशिक लगानी बढ्दै जानुले उद्योगमा लगानीको वातावरण बन्दै गएको स्पष्ट हुने बताउँछन् । उनले औद्योगिक व्यवसाय ऐन तथा कानुनमा
सहजता, स्थायी सरकारको आगमन लगायतका कारण उद्योगमा वैदशिक लगानीको उत्साह देखिएको बताए ।
पछिल्लो समय नेपालमा लगानी गर्न सबैभन्दा बढी रुचि चीनले देखाएको उद्योग विभागको तथ्याङ्कले पुष्टि गर्छ । विभागको तथ्याङ्क अनुसार छिमेकी मुलुक चीनको मात्र ४५ अर्ब २७ करोडो उद्योग नेपालमा दर्ता भएको छ । चीनको मेनल्यान्डले ४४ अर्ब ६२ करोड १ लाख रुपियाँको उद्योग नेपालमा दर्ता गराएको छ भने हङकङले ६२ करोड ९ लाख रुपियाँ बराबरको उद्योग दर्ता गराएको छ ।
यस्तै ताइवानले २ करोडको उद्योग दर्ता गराएको छ । चीनको विभिन्न ठाउँले गरेको लगानी ४५ अर्ब २७ करोड पुगेको उद्योग विभागले जनाएको छ । गत वर्ष चीनले ८ अर्ब ४३ करोड ६ लाख रुपियाँको उद्योग दर्ता गराएको थियो ।
यता अर्को छिमेकी देश भारतको लगानी चीनको तुलनमा निकै कम देखिएको छ । चीनले यस वर्ष ४ अर्ब ८९ करोड ४ लाखको उद्योग दर्ता भएको छ । गत वर्ष २ अर्ब ८ करोड २ लाखको उद्योग भारतले दर्ता गराएको थियो ।
ऊर्जा क्षेत्र विदेशी लगानीको आकर्षक क्षेत्र, सेवा क्षेत्र खुम्चियो
पछिल्लो समय विदेशीहरूको लगानी गर्ने आकर्षक क्षेत्रको रूपमा ऊर्जा क्षेत्र दरिएको छ । चालु आर्थिक वर्षमा ३६ अर्ब २५ करोड १ लाख रुपियाँ बराबरको ऊर्जा क्षेत्रको उद्योग दर्ता भएको छ । यसैगरी उत्पादन पर्यटन र सेवा क्षेत्रमा पनि लगानी बढ्दै गएको विभागमा दर्ता भएको उद्योगले देखाउँछ । ६ अर्ब ५७ करोड २ लाख रुपियाँ बराबरको म्यानुफ्याक्चरिङ उद्योग दर्ता भएको छ ।
यता सेवा क्षेत्रमा वैदेशिक लगानी खुम्चिएको छ । गत वर्ष ४ अर्ब ९९ करोड ८ लाख रुपियाँ लगानीको उद्योग दर्ता भएकोमा यस वर्ष खुम्चिएको छ । यस वर्ष २ अर्ब १७ करोड ३ लाख रुपियाँ बराबरको मात्र उद्योग दर्ता भएको छ । दर्ता भएका वैदेशिक लगानीको उद्योगमा १३ हजार १ सय ५१ जनाले रोजगारी पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’