‘यो पागल मन’ले फर्काउँला ऋचाको क्रेज ?
काठमाडौं – अभिनेत्री ऋचा सिंह ठकुरी अहिले चर्चामा छिन् । उनी अभिनित चलचित्र ‘यो पागल मन’ भोली शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यही चलचित्रको प्रचार प्रसारको कारणले पनि उनको चर्चा बढेको हो ।
‘यो पागल मन’बाट उनले लामो समयपछि अभिनयमा पुनरागमन गर्न लागेकी हुन् । करिब ५ बर्ष अगाडि विपाह गरेर अभिनयबाट उनी टाढा हुन पुगेकी थिइन् । विवाह पछिको जीवनमा मज्जा लिन केही बर्ष अभिनयबाट आफू टाढा रहेको उनले बताइन् ।
प्रेमकथामा बनेको चलचित्र ‘नाई ल भन्नु ल’बाट अभिनयमा देखिएकी उनले करिब आधादर्जन बढी चलचित्र लगातार अभिनय गरेकी थिइन् । बिबाह लगतै हराएक िउनी फेरी लभस्टोरी जनरामा निर्माण गरिएको ‘यो पागल मन’बाट नै पुनरागमन गरेकी छन् । यो चलचित्रको प्रदर्शनपछि आफ्नो पुराको क्रेज फर्किने उनले सुनाइन् ।
‘यो पागल मन’मा उनको अलवा गौरी मल्ल, बिनोद न्यौपाने, राजेश ढुंगाना, एनि कुवर लगायतको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्रमा बिनोद न्यौपाने र उनको लभ देख्न सकिन्छ ।
सबै कलाकारको राम्रो भूमिका रहेको चलचित्र सफल हुने निर्देशक कल्याण अधिकारीले बताए । उनको ठुलै एक्सरसाइजबाट चलचित्र प्रदर्शनमा आउँन लागेको हो । आफुसँग केही चलचित्र जुध्न आएकोले आफुले धेरै हल नपाएको उनले गुसासो पोखे ।
‘सुरुमा चलचित्रको रिलिज मिति जुराउँदा कुनै चलचित्र थिएन,’ निर्माता समेत रहेका निर्देशक अधिकारीले भने ‘अहिले तीन वटा जुध्न आएको छ ।’ पुराना निर्माता निर्देशकले नयाँ निर्माता निर्देशकलाई पेल्ने प्रवृतिको मारमा आफु परेको उनको भनाई रहेको छ ।
अभिनेत्री ऋचाले भने दमदार भूमिका भएकोले ‘यो पागल मन’बाट पुनरागमन गर्न लागेको बताइन् । ‘दर्शकले केही पहिले कै ऋर्चा चलचित्रमा पाउँनु हुनेछ’ ऋचाले भनिन् ‘मेरो डेब्यु ‘नाई न भन्नु ल’ भन्दा पनि ‘यो पागल मन’ राम्रो बनेको छ ।’ चलचित्रको प्रदर्शनपछि आफु पुन अभिनयमा व्यस्त रहने उनको आशा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
-
सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची
-
सुदूरपश्चिम सरकारलाई ‘बजेट कानुन’ घाँडो, अधिवेशन अन्योलमा
-
कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
यस्ता छन् मुख्यमन्त्री कार्कीका पहिला तीन निर्णय