चीनको औद्योगिक पार्कमा बिस्फोटः १९ को मृत्यु
शुक्रबार, २९ असार २०७५, ११ : १२
बीबीसी
चीनको सिचुवान प्रान्तस्थित एक औद्योगिक पार्कमा बिस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले यसबारे जानकारी दिएका हुन् ।
स्थानीयलाई उद्धृत गर्दै रोयटर्सले दिएको जानकारी अनुसार यिबिन हेङ्डा टेक्नोलोजीले चलाएको रासायनिक भट्टीमा बिस्फोट भएको हो ।
चिनियँँको सोसल मिडियामा सार्वजनिक भइरहेको फोटोमा धुँवाको मुस्लो आइरहेको देख्न सकिन्छ ।
बिस्फोट के कारणले भयो, त्यसबारे स्पष्ट जानकारी उल्लेख छैन ।
सिन्ह्वाका अनुसार बिहिबार बेलुका भएको आगलागी शुक्रबार बिहान नियन्त्रणमा आएको थियो । बिस्फोटमा घाइते भएकाहरुको स्थिती स्थिर रहेको बताइएको छ ।