शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

क्रोएशिया फाइनलमा पुगेपछि राष्ट्रपति कोलिन्डाले गरिन् डान्स, खेल हेर्न इकोनोमी क्लासमा यात्रा गरिन् (भिडियो)

शुक्रबार, २९ असार २०७५, ०९ : ५२
शुक्रबार, २९ असार २०७५

क्रोएशिया फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको मौकामा राष्ट्रपति कोलिन्डा ग्रेबर किट्रोविक निकै खुसी भएकी छिन् ।

उनले स्टेडियममा नै डान्स गरेर आफ्नो खुसी व्यक्त गरिन् ।

रुसमा आयोजना भइरहेको खेल हेर्नका लागि उनले सबै प्रोटोकल तोडेर इकोनोमी क्लासको फ्लाइटमा यात्रा गरेकी थिइन् । खेलको क्रममा उनले आफ्नो देशको झण्डाको रंगको पोसाक पनि लगाएर टीमका सबै खेलाडीको उत्साह पनि बढाइन् ।

क्वार्टर फाइनलको प्रतिस्पर्धामा क्रोएशिया र रुसको भिडन्त भएको थियो । उक्त म्याचमा क्रोएशियाले पहिलो गोल हानेपछि राष्ट्रपति अत्यधिक खुसी भइन् र उनी नाच्न थालिन् । त्यतिबेला रुसका प्रधानमन्त्री दिमित्री मेदवेदेवपनि उनीसँगै थिए तर कोलिन्डा खुसी व्यक्त गर्न हिच्किचाइनन् । त्यसपछि उनले ड्रेसिङ रुममा गएर खेलाडीलाई अंगालो मारेर बधाई पनि दिइन् ।

कोलिन्डा क्रोएशियाकी पहिलो महिला राष्ट्रपति हुन् ।

विश्वकपः दोस्रो फाइनलिष्ट क्रोएशियाबारे कति थाहा छ तपाईंलाई

क्रोएशिया बन्यो ६८ वर्ष यता विश्वकप फाइनलमा पुग्ने सबैभन्दा सानो राष्ट्र

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप