शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिक्षण अस्पतालका आवासीय चिकित्सक आजबाट हडतालमा

शुक्रबार, २९ असार २०७५, ०९ : ३६
शुक्रबार, २९ असार २०७५

काठमाडौं-दिनदेखि आमरण अनशनरत डा.गोविन्द केसीको माग सम्बोधनको पक्षमा रहेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आवासीय चिकित्सक हडतालमा उत्रेका छन् । 

उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै आजदेखि हडताल थालेका हुन् । 

डा.केसी १४ दिनदेखि जुम्लामा अनशनरत छन् । तर, उनको मागलाई लिएर सरकारसँग वार्ता हुन सकेको छैन् । 

डा.केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ । 

डा.केसीलाई बुधबार काठमाडौं ल्याउने प्रयास भएको थियो । तर, त्यो असफल भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन एनआरडीएले आजबाट आकस्मिकबाहेकका सेवा ठप्प पार्न थालेको छ । 

एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजेको जनाएको थियो । 

हिजो नै मधेशी चिकित्सक संघले चिकित्सा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग गरेको थियो । 

डाक्टर केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गइरहेका कारण केसीको जीवन रक्षाका लागि सरकारले गम्भीर र छिटो कदम चाल्न संघले आग्रह गरेको थियो । 

पत्रकार सम्मेलनमा संघका प्रवक्ता डा विनय पञ्जियारले अनशनप्रति सर्मथन जनाउँदै माथेमा आयोगको सुझाव प्रतिवेदनमाथि अहिले आएर प्रश्न उठेकाले उक्त प्रतिवेदनलाई समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने माग गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप