शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी विकास बैंक र ग्राण्डी हस्पिटलबीच सम्झौता

बिहीबार, २८ असार २०७५, १९ : २४
बिहीबार, २८ असार २०७५

काठमाडौं । गण्डकी विकास बैंक र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच उपचार र्खचमा छुट सम्वन्धि सम्झौता भएको छ ।

गण्डकी विकास बैंकका डेविट क्रेडिट कार्ड होल्डर ग्राहक र ग्राहकका परिवारले अव ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट सेवा लिँदा छुट पाउने भएका छन् । सम्झौतामा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्य र ग्राण्डी हस्पिटलका मार्केटिङ्ग विजनेश डेभलपमेन्ट विभाग प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरे । 

सम्झौता कार्यक्रममा अनुसार ग्राहकहरुको चाहना बमोजिम बैंकका सेवालाई सर्व सुलभ र सहज रुपमा प्रदान गर्न आगामी दिनहरुमा बैकिङ्ग सेवालाई विविधिकरण र विशिष्टिकरण गर्दै लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप