बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सटिजन्स बैंक र किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच सहकार्य

बिहीबार, २८ असार २०७५, १६ : ४७
बिहीबार, २८ असार २०७५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालबीच सहकार्य गर्ने सम्बन्धी समझदारी भएको छ । बैंकका प्रमुख संचालन अधिकृत पारसकुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष आशिष थापाबीच उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा बिशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका  आफ्ना ७४  वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप